महोत्सवमा काउली बुढीको प्रस्तुतिले ह्वात्तै बढे दर्शक
चितवन । दर्शकहरुको उपस्थितिलाई मध्यनजर गर्दै पाँच दिन थप गरिएको महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तरगत मंगलबार ‘काउली बुढी’ले दर्शकलाई हँसाएकी छिन् ।
महोत्सव थपिएपछि पहिलो दिन सांस्कृतिक कार्यक्रममा आएकी उनले दर्शकलाई प्रहसन मार्फत हँसाएकी हुन् । गत कात्तिक १५ गतेदेखि सञ्चालित यस महोत्सव आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुने महोत्सवका संयोजक रोशन राजकर्णिकारले बताए । महोत्सवमा मंगलबार करिब पाँच हजार दर्शकले अवलोकन गरेका राजकर्णिकारले जानकारी दिए ।
महोत्सव पाँच दिन थप गरिए पनि चितवनवासीसमक्ष जानकारी नभएका कारण पनि महोत्सवमा दर्शको उपस्थिति न्यून भएको हुनसक्ने राजकर्णिकारको भनाइ छ । महोत्सव थपिएपछि बुधबार भने पप गायक कमल खत्रीले सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति राख्ने सह आयोजक संस्था रवि एण्ड उषा मिडिया प्रालिका अध्यक्ष रवि अधिकारीले बताए ।
युवा पुष्तामाझ लोकप्रिय बनेका गायक खत्रीले आफ्ना चर्चित गीतहरु गाउने अधिकारीको भनाइ छ । महोत्सवमा दुर्गेश थापा, कमला घिमिरे तथा पशुपति शर्मासहितका कलाकारहरु आउने तयार भएको अधिकारीले बताए । मंगलबार भने काउली बुढीको प्रस्तुति रहने अधिकारीले बताए ।
महोत्सवको आम्दानीबाट अपाङ्गता भएका बालबालिकाहरुको लागि खर्च गरिने आयोजक संस्था रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् । प्रतिष्ठानमा हाल २५ जना अपाङ्गता भएका बालबालिकाहरुले शिक्षादीक्षा सँगै निशुल्क रुपमा औषधिउपचार समेत गर्दै आइरहेका छन् ।
विभिन्न व्यवसायिक स्टलहरुका साथै बाल उद्यान समेत राखिएको महोत्सवमा ¥याफ्टिङ गर्ने सुविधा समेत रहेको छ । रेविका बाल प्रतिष्ठानले आयोजना गरेको नारायणी महोत्सव २०७६ को सहआयोजकको रुपमा रवि एण्ड उषा मिडिया प्राली रहेको छ ।
महोत्सवको सहयोगीको रुपमा भरतपुर महानगरपालिका, संयुक्त पाँच टोल विकास संस्था र केटिभी एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।
Facebook Comment