चीनमा किन्डरगार्टन विद्यालयमा रासायनिक आक्रमण, ५१ विद्यार्थी र ३ शिक्षक घाइते

डिसी नेपाल
२७ कार्तिक २०७६ १२:३३

काठमाडौं । चीनको दक्षिण पश्चिममा रहेको युनान प्रान्तमा भएको रासायनिक आक्रमणमा ५१ विद्यार्थी र तीन शिक्षक घाइते भएका छन् । एक व्यक्तिले विद्यालयमा जबर्जस्ती पसेर बच्चाहरूमा रसायन आक्रमण गरेको हो । केयुआन शहरमा भएको घटनामा २३ वर्षीय कोङ नामक व्यक्तिले कास्टिक सोडा रसायन छरेको अधिकारीहरूको भनाइ छ ।

घाइते भएका ५१ विद्यार्थी र तीन शिक्षकलाई अस्पतालमा भर्ना गरिएको छ । समाजसँग बदला लिनका लागि कोङले यो कुकृत्य गरेको बताइएको छ । आक्रमणमा परेकामध्ये दुई बालबालिकाको स्थिति गम्भीर छ । स्थानीय सञ्चारमाध्यमका अनुसार, मंगलवार दिउँसो ३ः३५ मा डोङचेङ किन्डरगार्टन स्कूलको पर्खाल नाघेर कोङ भित्र पुगेको थियो । प्रहरीले घटना भएको ४० मिनेटपछि कोङलाई पक्राउ गरेको छ ।

कोङको पारिवारिक पृष्ठभूमि खराब रहेको बताइएको छ । उसका आमाबुवाले डिभोर्स लिइसकेका छन् । उसको बाल्यकाल दुःख र पीडामा बितेको र उसको मानसिक स्वास्थ्य राम्रो नरहेको बताइएको छ । चीनमा अपराधीहरूले विद्यालयमा प्रवेश गरेर विद्यार्थीहरूमाथि आक्रमण गरेको घटना प्रायः सार्वजनिक हुने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *