लता मंगेशकर तेस्रो दिन पनि आइसीयूमै, अहिले कस्तो छ स्वास्थ्य स्थिति ?
मुम्बइ। ९० वर्षकी स्वरकोकिला लता मंगेशकर तेस्रो दिन पनि आइसियूमै छिन् । उनको स्वास्थ्यमा केही सुधार भएको भए पनि अझै स्थिति चिन्ताजनक नै रहेको अस्पतालले जनाएको छ । डा. पतित समधानीको नेतृत्वमा डाक्टरको एक टिमले उनको निगरानी गरिरहेको छ । सोमबार सास लिन समस्या भएपछि उनलाई मुम्बइको क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो ।
लताको स्वास्थ्यलाई लिएर अस्पतालको तर्फबाट कुनै बयान आएको छैन तर डा. समधानीले एक भारतीय मिडियासँग कुरा गर्दै उनको स्थितिमा विस्तारै सुधार आइरहेको बताए । डा. समधानीका अनुसार जबसम्म संक्रमण समाप्त हुँदैन तबसम्म अगाडिको प्रक्रिया सम्भव छैन । उनको स्थिति अहिले पनि नाजुक छ । यतिबेला केही पनि भन्न मुस्किल छ ।
प्रतिक्रिया
Facebook Comment