भारत ‘ए’द्वारा नेपाललाई २ सय ४८ रनको लक्ष्य

डिसी नेपाल
२७ कार्तिक २०७६ १३:०५

काठमाडौं । यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट अन्तर्गतको दोस्रो नेपाललाई भारतको ए टिमले २ सय ४८ रनको फराकिलो लक्ष्य दिएको छ ।

भारतको हैदरावादस्थित राजिव गान्धी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारत ए ले ४८ ओभर २ बलमा अलआउट हुँदै २ सय ४७ रन बनायो ।

भारतका लागि धुर्ब चन्द जुरेलले ७४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै साई भारद्वाज सुदर्शनले ३४, भुपेन्द्र जैसवालले ३३ र नितेश कुमार रेड्डीले ३० रन बनाए । नेपालका शेर मल्लले ३ विकेट लिए । यस्तै आकाश चन्दले २ विकेट लिए ।

पहिलो खेल गुमाएको नेपाल पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा नेपाल भारतको सी टिमसँग फराकिलो अन्तरले पराजित भएको थियो ।

भारतले आयोजना गरेको सिरिजमा नेपाल सहित भारतको ए, बी र सी टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *