भारत ‘ए’ले नेपाललाई दियो २४८ रनको लक्ष्य
काठमाडौं । भारत ‘ए’ टिमले यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट अन्तर्गत नेपाली यू–१९ क्रिकेट टोलीलाई २४८ रनको फराकिलो लक्ष्य दिएको छ । हैदरावादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारत ‘ए’ ले ४८ ओभर २ बलमा अलआउट हुँदै २४७ रन बनाएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतका लागि ध्रुवचन्द जुरेलले अर्धशतकीय पारी खेले । उनले ७४ रनको योगदान गरे । यस्तै साई भारद्वाज सुदर्शनले ३४ जोड्दा भुपेन्द्र जैसवालले ३३ र नितेश कुमार रेड्डीले ३० रन बनाए ।
बलिङतर्फ नेपालका लागि शेर मल्लले सर्वाधिक तीन विकेट लिए । यस्तै आकाश चन्दले दुई विकेट लिए । नेपाली टोली पहिलो खेलमा भारतको ‘सी’ टिमसँग फराकिलो अन्तरले पराजित भएको थियो ।
प्रतिक्रिया
Facebook Comment