दरबारमार्गमा प्रेमीकै सहयोगमा सामूहिक बलात्कार प्रकरणमा अदालतको यस्तो फैसला

डिसी नेपाल
२७ कार्तिक २०७६ १४:०२

काठमाडौं । डेढ वर्षअघि काठमाडौंको दरबारमार्गमा भएको सामूहिक बलात्कारको बहुचर्चित घटनामा जिल्ला अदालत काठमाडौंले आज फैसला सुनाएको छ । होटल ल्याण्डमार्कमा भएको घटनाका मुख्य अभियुक्त शैलेश कार्कीलाई ५ वर्ष दुई महिना कैद सजाय सुनाइएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पीडित युवतीलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने पनि फैसला गरेको छ । उतिबेला घटनापछि पक्राउ परेका कार्कीले आफू ती युवतीको प्रेमी भएको दावी गरेपछि यो घटना चर्चामा आएको थियो । युवतीले भने उनकै सहयोगमा काभ्रेका दीपक श्रेष्ठ र सिन्धुपाल्चोकका विकास गौतमले पनि बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

अदालतले श्रेष्ठ र गौतमलाई जनही १४ महिना कैद सजाय सुनाएको छ । यो घटना दबाउन प्रहरीकै मिलेमतो रहेको दावीहित समाचार आएपछि यो घटना थप चर्चित बनेको थियो । महानगरीय प्रहरी वृत्त, दरबारमार्गका तत्कालीन डीएसपी तिलक भारती र प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले यो घटना दबाउन भूमिका खेलेको आरोप लागेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *