निदान अस्पतालका सिइओ, डाक्टरसहित पाँच जना नख्खु कारागार चलान
काठमाडौं। मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका ललितपुरको निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित ५ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ। ललितपुर जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो ।
उनीहरुले नाता नपर्ने व्यक्तिलाई नक्कली नाता प्रमाणित गर्ने कागजात बनाइ मृगौला निकालेको आरोप छ । उनीहरुले नाता नपर्ने व्यक्तिलाई नक्कली कागजातका आधारमा भान्जा बनाइ उनको मृगौला निकालेर रामेछाप दोरम्बा–३ का शंकर लामा योञ्जनलाई प््रत्यारोपण गरेको आरोप लागेको छ । पाँचै जनालाई मानव बेचबिखन मुद्दा लगाइएको थियो ।
मिर्गौला किनबेच गरी प्रत्यारोपण गराएको भन्दै प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले अस्पतालका सिइओ विपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई गत असोज २९ गते पक्राउ गरी मुद्दा चलाएको थियो ।
Facebook Comment