एभीसी सेन्ट्रल जोन भलिबलमा नेपाल अपराजित, भोलि फाइनल खेल

डिसी नेपाल
२७ कार्तिक २०७६ १४:५१

काठमाडौं। एभीसी सेन्ट्रल जोन भलिबलको समूह चरणको अन्तिम खेलमा नेपालले बुधबार माल्दिभ्सलाई तीन-शून्यको सोझो सेटमा पराजित गरेको छ । पहिलो सेट २५–१४ ले पराजित गरेको नेपालले दोस्रो सेट २५–०५ र तेस्रो सेट २५–१३ ले जितेको हो । जितपछि नेपाल उपाधियात्रा पक्का भएको छ ।

खेलको वुमन अफ दि म्याच नेपालकी सरस्वती चौधरी घोषित भइन् । दुवै टिमले बुधबारको खेललाई फाइनल अघिको अभ्यासका रुपमा लिएका थिए । नेपालले प्रतियोगितामा ४ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा पुग्यो भने समान खेलबाट माल्दिभ्सले ८ अंकमा रोकियो । प्रतियाेगिताकाे फाइनल खेल शीर्षस्थानकाे दुई टिम नेपाल र माल्दिभ्सबीच हुनेछ ।

नेपालले अहिलेसम्म चार वटै खेलमा सिधै सेटमा जित हात पारेको छ । नेपाल र माल्दिभ्स २ वर्षपछि एक अर्कासँग प्रतिस्पर्धा गरेका हुन् । २ वर्ष अघि पनि नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो । माल्दिभ्सलाई पराजित गरेको तत्कालीन खेलाडी अरुणा शाहीको कप्तानीमा नेपाली टिमले अहिले फेरि जित निकालेको हाे ।

त्यतिबेला प्रतिभा माली र सरस्वती चौधरी पनि नेपाली टिममा थिए । नेपाली टिममा अहिले नयाँ र पुराना खेलाडी बराबर छन् भने माल्दिभ्सको टिममा अधिकांश पुरानै खेलाडी रहेका छन् । नेपाल र माल्दिभ्सबीच बिहीबार फाइनल खेल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *