सर्वोच्च अदालतको ऐतिहासिक फैसलापछि अयोध्यामा हिन्दू मुस्लिम विवाद फेरि बल्झियो

डिसी नेपाल
२७ कार्तिक २०७६ १६:५९

काठमाडौं। अयोध्यामा राम मन्दिर बाबरी मस्जिद विवादमा भारतको सर्वोच्च अदालतले फैसला सुनाएको छ । फैलाअनुसार विवादित जमिन रामलालालाई दिइएको छ । मुस्लिम पक्षलाइ मस्जिद बनाउन पनि अर्को ५ एकड जमिन दिन अदालतले आदेश दिएको छ । अब मुस्लिम नेताहरुले सरकारले अधिग्रहण गरेको ६७ एकड जमिनमध्येबाटै आफूहरुलाई ५ एकड जमिन दिइनुपर्ने माग गरेपछि यहाँ विवाद हुने देखिएको छ ।

बाबरी मस्जिद पक्षकार बादशाह खानले राम मन्दिरकै छेउमा आफूहरुलाई मस्जिद बनाउन जमिन दिनुपर्ने माग गरेका छन् । मुस्लिम पक्षका मुख्य पक्षकार इकबाल अन्सारीले पनि जमिनका लागि दबाब बनाउन सुरु गरेका छन् । अन्सारीले आफूहरुलाई जमित कहाँ दिने भन्ने छिटो बताउन सरकारसँग माग गरेका छन् ।

उता हिन्दू पक्षकार रामविलास वेदान्तीले भने सरकारले अधिग्रहण गरेको ६७ एकड जमिनभित्र आफूहरुले कुनै निर्माण हुन नदिने अडान राखेका छन् । अन्य कुरा केन्द्र सरकारले तय गर्नुपर्ने उनले बताए । अयोध्याका साधु सन्तले भने मन्दिरको कोषमा को हुने वा नहुने भन्ने आफ्नो सरोकारको विषय नभएको बताए । तर, विश्व हिन्दू परिषदले भने प्रस्ट रुपमा कोषमा स्पयं प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह हुनुपर्ने माग गरेको छ । मरण रहोस् प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र उनीहरुको पार्टी भाजपा कट्टर हिन्दूवादीको रुपमा परिचित छन् ।

अयोध्या प्रशासनले मस्जिदको लागि जमिन खोज्ने काम तीव्र बनाएको छ । कैयौं ठाउँमा जमिन हेरिएको भए पनि निर्णय भएको छैन । अयोध्या शहरको १४ किलोमिटरको सांस्कृतिक सीमाभित्र जमिन भेटिन मुस्किल देखिएको बताइएको छ । तर, मुस्लिम पक्ष भने मन्दिरकै छेउमा मस्जिद बनाउने अडानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *