साउदी अरबको तेलको रहस्य के हो ?

डिसी नेपाल
२७ कार्तिक २०७६ १७:००

रियाद (बीबीसी) । १९ औं शताब्दीको मध्येमा तेल उद्योगको जब उभार आयो त्यो बेलादेखि संसारमा ऊर्जा स्रोतको केन्द्रमा छ।

तेलकै कारण युद्ध पनि भए र आज पनि यसको आपूर्ति नियन्त्रणका लागि संसादरका शक्तिशाली देशहरुमा टकराव जारी छ। आधुनिक समयमा तेल ऊर्जाको स्रोतमात्र होइन, युद्ध र टकरावको स्रोत पनि हो। मध्यपूर्वको साउदी अरब, ईरान, इराक, कुवेत र सँयुक्त अरब इमिरेट्स (यूएई)मा सबैभन्दा ठूलो तेल भण्डार छ। यी तेल भण्डार १९ औं शताब्दीको मध्यमा फेला परेका थिए। र अझै पनि यहाँ तेल भेटिने सम्भावना सकिएको छैन। हालै पाकिस्तानको कराचीस्थित तटीय क्षेत्रमा करोडौं डलर खर्च गरेर तेल र ग्यासको उत्खनन् प्रयास गरिएको थियो, तर, भेटिएन।

तर, गएको हप्ता आइतबार ईरानका लागि महत्वपूर्ण रह्यो। ईरानका राष्ट्रपति हसन रुहानीले देशको दक्षिण–पश्चिम प्रान्तमा तेलको एक विशाल भण्डार फेला परेको घोषणा गरे। चौतर्फी प्रतिबन्ध भोगिरहेको ईरानका लागि यो सुखद् समाचार हो। यो तेल क्षेत्र ईरानको २,४०० किलोमीटर क्षेत्रमा फैलिएको छ। ईरानका राष्ट्रपतिका अनुसार यो क्षत्र ईरानको खुजेस्तान प्रान्तमा छ ।

६५ अर्ब ब्यारेल भएको ईरानको अहवाज तेल क्षेत्रपछि यो दोस्रो सबैभन्दा ठूलो तेल क्षेत्र हुनेछ। ईरानसँग कुल प्रमाणित तेल भण्डार १५५.६ अर्ब ब्यारेल हो। नयाँ खोजपछि ईरानको कुल तेल भण्डारमा ३४ प्रतिशत बढ्नेछ। अमेरिकी अध्ययनअनुसार ईरान संसादको चौथो ठूलो तेल भण्डार र दोस्रो ठूलो ग्यास भण्डार भएको मुलुक हो।

साउदीको तेल भण्डारको रहस्य

साउदीको तेल भण्डार गएका पाँच दशकदेखि विशेषज्ञहरुका लागि कुनै रहस्यभन्दा कम छैन। तेल निर्यातक देशहरुको संगठन ओपेकलाई साउदीले अनुमानित तेल भण्डारबारे जानकारी दिएको छ । उसका अनुसार साउदीको तेल मण्डार २६६ अर्ब ब्यारेल छ। ओपेकले २०१५ मा यो जानकारी दिएको थियो।

यदि यो तथ्यांक सही हो भने औसत १.२ करोड ब्यारेल प्रतिदिन उत्पादका हिसाबले साउदीको तेल भण्डार आगामी ७० वर्षमा सकिनेछ। तर आधिकारिक तथ्यांकका लागि धेरै शंका छ। यसको कारण के हो भने १९८७ मा साउदीले आफ्नो तेल भण्डार १७० अर्ब ब्यारेल बताएको थियो, जसलाई १९८९ मा बढाएर २६० अर्ब ब्यारेल बनाइयो। स्टाटिस्किल रिभ्यू अफ वल्र्ड एनर्जी २०१६ को प्रतिवेदनअनुसार साउदीले ९४ अर्ब ब्यारेल तेल बेचिसकेको छ। तर, पनि उसको आधिकारिक भण्डार २६० देखि २६५ अर्ब ब्यारेल छ।

यदि सरकारको तथ्यांक सही हो भने यसको मतलब साउदीले तेलको नयाँ कुवा खोजेको छ वा अनुमानित भण्डार बढाएको छ। अनुमानित भण्डार बढाउने आधार हुन सक्छ, जुन कुवाबाट तेल उत्पादन भइरहेको छ, त्यहाँ अरु तेल छ वा हालसम्म जति तेल निकालिएको छ, त्यसको फेरि आपूर्ति भएको हुनसक्छ।

तर, साउदीमा १९३६ देखि १९७० को अवधीमा नै तेल भण्डारको विशाल र चर्चित कुवाको खोजी भएको थियो। यसपछि साउदीले तुलनात्मक रुपमा तेलको खोजी गरेको छैन। समस्या के छ भने जहाँ जहाँ तेल उत्पादन भइरहेको छ, त्यसको लेखाजोखा र अनुमानित भण्डारलाई सरकारले गोप्य राखेको छ। यसको जानकारी केही मानिसहरुलाई मात्र हुन्छ। यस्तो अवस्थामा कुनै तथ्यलाई पुष्टि गर्न सम्भव छैन।

तेल विश्लेषकहरु पनि साउदीको तेल उत्पादन कहिले घट्छ भन्ने प्रश्नको उत्तर विश्वासिलो रुपमा दिन सक्दैनन्। साउदी हाल सबैभन्दा धेरै तेल उत्पादन गर्छ। यसले त्यो भविश्यवाणीलाई झट्का लाग्यो, जसमा उच्च विन्दुमा पुगेपछि साउदीको तेल उत्पादन घट्ने बताइएको थियो।

अनुमानित भण्डार

भविष्यमा तेल उत्पादनको क्षमता थाहा पाउन फरक फरक तरिका हुन सक्छन्। तेल उद्योगमा काम गर्ने मानिसको संख्याबाट पनि अनुमान लगाउन सकिन्छ। तेल भण्डारलाई बुझ्नका लागि एक माध्यम के पनि छ भने, उत्पादन शुरु हुनुभन्दा पहिला तेलको खजना कति ठूलो थियो हेर्न सकिन्छ।

उत्पादन शुरु हुनुभन्दा पहिला तेलको खजानाको मतलब ओरिजनल ओइल इन प्लेस (ओओआईपी)सँग छ। १९७० को दशकमा साउदीले ५३० ब्यारेलको ओओआईपीको खोजी गरेकोमा आम सहमति थियो। अनुमानित ओओआईपीको जानकारी अन्तर्राष्ट्रिय आर्थिक नीतिबारे अमेरिकी सिनेटको उपसमितिलाई साउदी र अमेरिकी तेल कम्पनी अरामकोतर्फबाट जानकारी दिइएको थियो। त्यो बेला अरामको चार अमेरिकी कम्पनी र साउदीको साझा कम्पनी थियो। यस्तो अवस्थामा जानकारी साझा गरिन्थ्यो।

१९८० देखि अरामकोको स्वामित्व साउदीमा मात्र छ। १९८२ देखि कम्पनीसँग तेल भण्डारको फिल्डबारे जानकारी हुन्थ्यो। त्यसलाई गोपनीय बनाइयो। त्यसपछि साउदीले ओपेकलाई प्रमाण्कि भण्डारबारे जानकारी दिन शुरु गर्यो।

साउदीले ओपेकलाई प्रमाणिक तेल भण्डार १६८ देखि १७० अर्ब ब्यारेल भएको बताएको थियो। साउदीको यो तथ्यांक अरामकोले आफ्ना साझेदारलाई केही वर्ष पहिला दिएको तथ्यांकभन्दा धेरै हो। अरामकोले प्रमाणिक तेल भण्डार ११० अर्ब ब्यारेल भनेको थियो, तर अरामकोले सम्भावित तेल भण्डारको जानकारी अमेरिकी सिनेटलाई दिएको थियो, त्यसको नजिक छ।

तथ्यांकमा देखिएको फरकले केही प्रश्नहरु उठ्छन्।

१९८८ मा प्रमाािण्क तेल भण्डार एकपटक फेरि बढाएर २६० अर्ब ब्यारेल भनियो। नयाँ तेल कुवाको खोजी नगरिकनै तेल भण्डार बढाइयो। यो तथ्यांक अरामकोले आफ्ना साझेदारलाई दिएको भन्दा निकै धेरै हो। (बीबीसी हिन्दीबाट)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *