म्याच फिक्सिङलाई अपराध घोषित गर्ने पहिलो दक्षिण एसियाली देश बन्यो श्रीलंका

डिसी नेपाल
२७ कार्तिक २०७६ १७:०५

लण्डन। श्रीलंका म्याच फिक्सिङसँग सम्बन्धित कुरालाई अपराधको श्रेणीमा राख्ने पहिलो दक्षिण एसियाली देश बनेको छ । श्रीलंकाको संसदले ‘खेलसँग सम्बन्धित अपराधको रोकथाम’सँग सम्बन्धित एक विधेयक पारित गरेको छ ।

यो विधेयक पारित भएपछि अब श्रीलंकामा म्याच फिक्सिङलाई अपराध मानिनेछ । म्याच फिक्सिङ र भ्रष्टाचारसँग सम्बन्धित यो कानुन हरेक खेलमा लागू हुनेछ । हालै आइसीसीको भ्रष्टाचार निरोधी इकाइले श्रीलंकामा म्याच फिक्सिङसँग सम्बन्धित घटनाको जाँच गरेको थियो । यही जाँचका कारण यो विधेयकको मस्यौदा तयार गरिएको थियो ।

यो कानुनअनुसार अब यदि कोही खेलमा भ्रष्टाचार गरेको अभियोगमा दोषी पाइएमा उसलाई १० वर्षसम्म सजाय हुन सक्छ । यसका अलावा उसलाई भारी जरिवाना पनि तिराइनेछ । यो कानुनको दायरामा म्याच अफिसियलका साथमा पिच क्युरेटर समेत पर्छन् । यदि पिच क्युरेटर सट्टेबाजको हिसाबले पिच तयार गरेको अभियोगमा दोषी पाइए उसलाई पनि जेल जानुपर्ने हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *