फिफाको ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुखमा विंगर नियुक्त

डिसी नेपाल
२८ कार्तिक २०७६ ६:३०

एजेन्सी । आर्सनलका पूर्व प्रशिक्षक आर्सने विंगर फेरी फुटबलमा फर्किएका छन । सन् २०१८ मा आर्सनलको प्रशिक्षकबाट बाहिरीएपछि खाली रहेका विंगर फिफाको ग्लोबल फुटबल विकासको प्रमुखमा नियुक्त भएका छन ।

७० बर्षे विंगर पछिल्लो पटक बार्यन म्युनीखको प्रशिक्षकमा नियुक्त हुने चर्चा चलिरहेका बेला फिफाको विकास प्रमुखमा नियुक्त भएपछि नयाँ चुनौती थपिएको बताएका छन ।

२२ बर्ष आर्सनलमा विताएका विंगरले तीन वटा प्रिमियर लिग सात वटा एफ ए कपको उपाधि क्लवलाई दिलाएका थिए । उनको नयाँ रोलमा महिला र पुरुषको फुटबल विकाशका साथै प्राविधिक पक्षलाई नियाल्नेछन ।

फिफामा नियुक्त भएपछि विंगर अन्तराष्ट्रिय फुटबल एसोसियन बोर्ड तथा फिफा टेक्निकल स्टडी समुहको सदस्यमा पनि रहनेछन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *