उपनिर्वाचन : सिके राउतको पार्टीबाट पनि उम्मेदवारी दर्ता

डिसी नेपाल
२८ कार्तिक २०७६ ६:५०

महोत्तरी । निर्वाचन प्रक्रियामा पहिलो पटक होमिएको डा. सिके राउत नेतृत्वको पार्टीबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा एक महिलाले उम्मेदवारी दिएकी छिन् ।

गाउँपालिकाको अध्यक्ष पदमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट पिपरा गाउँपालिका–५ स्थायी घर भएकी अञ्जनीदेवी मण्डलले उम्मेदवारी दिएको सो पार्टीका महोत्तरी जिल्ला इन्चार्ज सञ्जय यादवले बताए ।

उम्मेदवार मण्डल सो पार्टीको तर्फबाट ‘लाउडस्पिकर’ छाप लिएर चुनावी मैदानमा उत्रिएकी छिन् । पहिलो पटक पार्टी चुनावमा आएको र केही अलग गर्ने उद्देश्य रहेको बताउनुहुँदै उम्मेदवार मण्डलले आफ्नो पार्टीले चुनाव जित्ने जिकिर गरिन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *