शेन वाटसन अस्ट्रेलिया क्रिकेट एसोसियसनको अध्यक्षमा नियुक्त
एजेन्सी । अस्ट्रेलियका पूर्व अलराउण्डर शेन वाटसन अस्ट्रेलिया क्रिकेट एसोसियसनको अध्यक्षमा नियुक्त भएका छन्। एसीएको जेनेरल मिटीङमा वाटसनको नियूक्ति भएको थियो। अध्यक्ष बनेपछि वाटसनले क्रिकेटको बिकासमा सहयोग पुर्याउने बताएका छन्।
उनले ट्वीट गर्दै लेखेका छन्, ‘एसीएको अध्यक्ष बन्न पाएकोमा म सनकै सम्मानित महशुस गरेको छु, किनकी भविष्यमा यसको भूमिका निकै महत्वपूर्ण हुनेछ। मैले उनीहरुको कामलाई अगाडी बढाउनु छ, जसले पहिले यो भूमिका निभाएका थिए। यो मौका मिलेकोमा म नकै उत्साहित छु। यसले मलाई त्यो खेललाई केही दिन सहयोग गर्नेछ जुन खेलले मलाई यो सब दियो।’
I am truly honoured to be elected as the President of the ACA as it evolves into the future. I have big shoes to fill with the people who have gone before me and I am super excited about this opportunity to continue to give back to the game that has given me so much. pic.twitter.com/U8q4dmswWS
— Shane Watson (@ShaneRWatson33) November 11, 2019
वाटसनले अष्ट्रेलियाबाट ५९ टेष्ट, १९० एकदिवसीय र ५८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलका छन्। उनी एसीएको १० सदस्यीय बोर्डको सदस्य हुनेछन् जसमा तीन जना नयाँ नियूति गरिएको छ। अहिले अष्ट्रेलियाको टिमबाट खेलिरहेका प्याट कमिन्स, क्रिस्टीन बीम्स र क्रिकेट कमेन्टेटर तथा पूर्व अस्ट्रेलियन खेलाडी लिसा स्टालेकर उक्त बोर्डमा नियुक्त भएका छन्।
Facebook Comment