एसीसी इमर्जिङ कपः नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य

डिसी नेपाल
२८ कार्तिक २०७६ १२:१८

काठमाडौं। बंगलादेशमा जारी एसीसी इमर्जिङ नेशन्स कपमा नेपालले भारतलाई १९४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.५ ओभरमा १९३ रन बनाउँदै अलआउट भएको हो । आजको खेलमा नेपाली ब्याट्सम्यान पवन सर्राफले आक्रामक अर्धशतक बनाए । उनले ७ चौका र २ छक्काको मद्दतमा ३९ बलमा अर्धशतक बनाएका हुन् ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल शून्यमै आउट भएका थिए । त्यसपछि कुशल भुर्तेलले २८, शरद भेषावकरले ४४, आरिफ शेखले २, दिपेन्द्र सिंह ऐरीले २४, विनोद भण्डारीले ५, सोमपाल कामीले २, पवन सर्राफले ५६, करण केसीले २० रन बनाए । भारतका लागि सौरभ दुवेले ४, यश राठोरले ३, पार्थ रेखाडेले २ र सिद्धार्थ देसाइले १ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *