पत्रकार शर्माको निधन

डिसी नेपाल
२८ कार्तिक २०७६ १६:२१

काठमाडौं। पत्रकार डिलप्रसाद शर्माको बिहीबार राजधानीको सिभिल अस्पतालमा निधन भएको छ। विगत ४ महिनादेखि बोन म्यारोको समस्यासँग जुधिरहेका शर्माको बिहीबार बोन म्यारो ट्रान्सप्लान्ट असफल भएसँगै निधन भएको अस्पतालले जनाएको छ।

२३ वर्षीय शर्मा सुर्खेतमा रहेर स्थानीय पत्रिकार साझा विसौनी दैनिक र देशसञ्चार अनलाइनमा कार्यरत थिए।

नेपाल पत्रकार महासंघले पत्रकार शर्माको निधनप्रति शोक व्यक्त गरेको छ। महासंघका महासचिब रमेश विष्टले बिहीबार शोक विज्ञप्ति जारी गर्दै महासंघका सुर्खेत सदस्य शर्माको निधनले एक होनाहार पत्रकार गुमाएको जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *