सत्तारुढ नेकपा भविष्यमा उठ्नै नसक्ने गरी पतन हुने डा. भट्टराईको दावी

डिसी नेपाल
२८ कार्तिक २०७६ १८:४१

काठमाडौं । सत्ता साझेदार समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भविष्यमा फेरी उठ्नै नसक्ने गरी पतन हुने दावी गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सत्तारुढ नेकपा दार्शनिक, वैचारिक रुपमा अन्यौलग्रस्त र नैतिक रुपमा स्खलित भईसकेको निष्कर्ष निकाल्दै आउँदा केही वर्ष भित्र फेरी उठनै नसक्ने गरी पतन हुने बताएका हुन् ।

बिहीबार काठमाडौंमा आयोजित पार्टी संघीय परिषद बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै नेकपाका ठूल्ठूला नेताहरुको भ्रष्टाचार तथा नैतिक पतनका घटना लज्जाजनक ढंगले उदांगिदै आएको पनि उल्लेख गरे ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस भने आफ्नो असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको अवस्थामा रहेको भट्टराईको विश्लेषण छ ।

संघीय परिषदका अध्यक्ष भट्टराईले सरकारमा पार्टीको संलग्नताबारे गम्भिर समिक्षा गर्नुपर्ने प्रस्ताव पनि गरेका छन् । उनले महत्वपूर्ण निर्णय लिँदा सत्ता साझेदार आफ्नो दलसँग सामान्य सरसल्लाहकार समेत नगरेकोमा असन्तुष्टि जनाउँदै अव पनि संविधान संशोधन गर्न सर्त पालना नभए सरकारबाट बाहिरिनुपर्ने अवस्था आउने पनि बताए ।

भट्टराईले संविधान संशोधनका लागि सत्तारुढ नेकपासँग पुनः पहल गर्ने र त्यसको प्रक्रियालाई अघि बढाउन नचाहेमा सरकारबाट बाहिरिनका लागि पार्टीको कार्यकारिणी समितिले निर्णय गर्ने गरी पार्टी अगाडि बढनुपर्ने धारणा पनि राखे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *