सोमालियामा सैनिक कारबाहीमा ५ लडाकू मारिए
नैरोबी (रासस/सिन्ह्वा) । सोमालियाको सेनाले बुधबार गरेको कारबाहीमा विद्रोही अल–सबाबका पाँच लडाकू मारिएको सेनाले जनाएको छ ।
सैनिक प्रवक्ताका अनुसार सोमालियाको मध्यक्षेत्र हिरानमा सैनिक कारबाहीका क्रममा ती लडाकू मारिएका हुन् ।
सैनिक प्रवक्ता मोहम्मद अब्दुल्लाहीले लडाकूहरुले स्थानीयबासीसँग कर संकलन गरिरहेको भन्ने सूचनाका आधारमा कारबाही गरिएको बताए ।
सेनाले भिडन्तका क्रममा केही हातहतियारका साथै उनीहरुले संकलन गरेका ठूलो संख्याका गाईबस्तु कब्जामा लिएको पनि प्रवक्ता अब्दुल्लाहीले जानकारी दिए ।
सोमालियाको दक्षिण र मध्य क्षेत्रमा केन्द्रित भएका अल–सबाबका लडाकूसँग सेनाको नियमितझैं भिडन्त हुने गरेको छ ।
सन् २०११ मा राजधानी मोगादिसुलाई कब्जा गरेका अल–सबाबका लडाकूलाई अफ्रिकी युनियन आबद्ध सेना समेतको सहयोगमा राजधानीबाट लखेटिएको थियो ।
Facebook Comment