डेभिड भियाले लिए सन्यास

डिसी नेपाल
२८ कार्तिक २०७६ २२:५३

मड्रिड (एजेन्सी) । स्पेनिस लिजेण्ड डेभिड भियाले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। २०१० मा स्पेनले विश्व कप जित्दा डेभिड सबैभन्दा धेरै गोल गर्ने खेलाडी थिए।

स्पेनिस स्ट्राइकर भियाले अर्को महिना फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन्।

जापानको जे लिगमा व्यवसायिक फुटबल खेलिरहेका भियाले सिजनको अन्त्यसँगै फुटबलबाट सन्यास लिने बताएका हुन्। जे लिग अर्को महिना सकिने छ।

बार्सिलोनाका पूर्व स्ट्राइकर भिया जे लिगमा भिसेल कोबेबाट फुटबल खेल्दै आएका छन्।

विश्वकप र युरोकप विजेता ३७ वर्षे भिया स्पेनका लागि सर्वाधिक गोलकर्ता खेलाडी हुन्। स्पेनले सन् २०१० को विश्वकप र २००८ को युरोकप जित्दा भिल्ला मुख्य खेलाडी थिए।

यस्तै भियाले बार्सिलोनाबाट दुई पटक ला लिगा र एक पटक च्याम्पियन्स लिग जितेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *