कुवेतका प्रधानमन्त्रीद्वारा राजिनामा
कुवेत सिटी । कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजिनामा पेश गरेका छन् ।
कुवेती समाचार संस्थाका अनुसार सरकारका कार्यहरुलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले राजिनामा दिएको उल्लेख गरेको छ । सरकारका प्रवक्ता तारेक अल–मिजरमले जारी गरे वक्तव्यमा प्रधानमन्त्रीको राजिनामाको कारण भने केही खुलाएका छैनन् ।
सत्तारुढ सांसदहरुले संसदमा प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर विरोध गरिरहेकै अवस्थामा प्रधानमन्त्रीले राजिनामा दिएका हुन् । खाडी राष्ट्र कुवेतमा मन्त्रिपरिषद पुनर्गठन बेलाबखत भइरहने गरेको छ, र पछिल्लो मन्त्रिपरिषद गठन भएको दुई वर्ष पनि पुगेको छैन ।
प्रतिक्रिया
Facebook Comment