आज घट्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?
काठमाडौं । आज (शुक्रबार) अमेरिकी डलरसहित प्रायः देशको मुद्राको भाउ घटेको छ। केही दिन यता निरन्तर उकालो लागेको भाउ आज भने केही घटेको छ। आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ४६ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ५१ पैसा र बिक्रिदर १४८ रुपैयाँ २९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७९ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७१ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ६३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७७ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३ सय ८० रुपैयाँ १२ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ४ रुपैयाँ ६७ पैसा तथा बिक्रिदर ३ सय ६ रुपैयाँ २६ पैसा रहेको छ।
Facebook Comment