नेपालसँग खेल्नु अघि ताईपेइमाथि कुवेतको फराकिलो जित

डिसी नेपाल
२९ कार्तिक २०७६ १२:४९

काठमाडौं । फिफा विश्वकप छनोटमा कुवेतले फराकिलो जित निकालेको छ । बिहीबार राति घरेलु मैदानमा भएको खेलमा कुवेतले चाईनीच ताईपेइलाई ९–० गोल अन्तरले हराएको हो ।

समूह चरणको पहिलो खेलमा नेपाललाई ७–० ले गोल अन्तरले हराएको कुवेतले ताईपेइविरुद्व समेत फराकिलो जित निकालेको हो । ताईपेइविरुद्धको प्रभावशाली जितसँगै कुवेत समूह बीको दोस्रो स्थानमा उक्लिएको छ ।

कुवेतको जितमा युसेफ नासेर अल सुलैमानले दुई गोल तथा फहाद अल अन्सारी, मुबारक अल फनेनी, बादेर अल मुतुवा, सविव अलखल्दी, फैसल अल हर्वी, सविव अल खाईदी र फासल अल अजेमीले एक(एक गोल गरे ।

कुवेतले एक गोल आत्मघाती उपहार पायो ताईपेइका चेन वेई चुअनले आत्मघाति गोल गरेका थिए । जितसँगै कुवेतले समूह बीबाट सन् २०२३ एसिया कपको तेस्रो चरण छनोटको सम्भावना बलियो बनाएको छ ।

यस्तै, बिहीबार रातिनै भएको खेलमा एसियाली पावर हाउस अष्टे«लेयाले जोर्डनविरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्यो । अडाम टागर्टले १३ औं मिनेटमा गरेको गोल अष्टे«लियाको जितका लागि पर्याप्त बन्यो ।

जितसँगै अष्टे«लियाले शीर्ष स्थानमा रहदै अघिल्लो चरण जाने सम्भावना बलियो बनाएको छ । समूह बीमा सहभागी ५ टिमले पहिलो चरणको ४ खेल खेलेका छन् । शतप्रतिशत जित निकालेको अष्टे«लिया १२ अंक सहित शीर्ष स्थानमा छ ।

दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान ७ अंक छ । गोल अन्तरका आधारमा कुवेत दोस्रो स्थानमा रहेको हो । चौथो स्थानमा रहेको नेपालको ३ अंक छ । अंक विहिन ताईपेइ पुछारमा छ ।

मंसिर ३ गते नेपालले आफ्नो पहिलो होम खेलमा कुवेतसंग प्रतिस्पर्धा गर्नेछ । खेल भुटानको चाम्लिमिथाङ रंगशालामा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *