‘बार्सिलोनाले मलाई नै विस्थापित गर्ने अर्का स्ट्राइकर ल्याउँदा झनै राम्रो हुनेछ’
काठमाडौं। बार्सिलोनासँग लुइस सुआरेजलाई प्रतिस्थापन गर्ने अर्का खेलाडी छैनन् । तर, यी क्लवले उनकै पोजिसनमा खेल्ने अर्का खेलाडी ल्याएमा यी खेलाडीलाई कुनै आपत्ति पनि हुने छैन । उनी अहिले ३२ वर्षका छन् र उनी अब अझै युवा हुन सक्ने छैनन् भन्ने कुरामा सचेत छन् ।
‘त्यो समय आउनेछ जब मेरो उमेरले मलाई बार्सिलोनाको लागि चाहिने जत्तिको उच्च स्तरको प्रदर्शन गर्न दिने छैन’ उरुग्वेको मिडिया ओभासियोनसँग कुरा गर्दै उनले भने ‘तर जबसम्म मैले सक्छु र मसँग त्यो क्षमता छ, क्लवले अझै धेरै प्रतिस्पर्धाको स्थिति बनाएमा म अझै राम्रो हुन सक्नेछु ।’ उनले क्लवले अर्का स्ट्राइकर ल्याउनको लागि हेरिरहेको वा ल्याउन चाहेको भए यो कुनै अनौठो कुरा नभएको उनले बताए । ‘यो फुटबलको वास्तविकता हो’ उनले भने ।
क्लवले उनकै पोजिसनमा खेल्ने अर्का स्ट्राइकर ल्याउने विषयमा उनले अगाडि भने ‘ यसो भएमा मेरो लागि पनि राम्रो हुनेछ किनकि यसले ममाथि माग थप्नेछ । यो क्लवको लागि पनि राम्रो हुनेछ किनकि यसले प्रतिस्पर्धा बढाउनेछ ।’ उनले बार्सिलोनामा ५ वर्षको अनुभवबारे पनि गरे । ‘यस्तो क्लवमा आएर खेल्नु र आफ्नो स्थान सुरक्षित राख्नु सजिलो काम पक्कै होइन’ उनले भने ‘तपाइँले प्रत्येक ३ दिनमा परीक्षा दिनुपर्छ, कुनै विश्राम छैन र एउटा खराब दिन पनि माफीको लायक हुँदैन ।’
Facebook Comment