‘मि टु’ आरोप लागेको १ वर्षपछि अनु मलिकले दिए यस्तो सफाइ

डिसी नेपाल
२९ कार्तिक २०७६ १६:०२

मुम्बइ। भारतीय संगीतकार अनु मलिकले आफूलाई लागेको यौन दुर्व्यवहारको आरोप झुटो भएको बताएका छन्। आरोपका बारेमा अनुले एक वर्षपछि मुख खोलेका हुन्। ट्वीटर मार्फत विज्ञप्ती जारी गर्दै उनले नगरेको दोषको भागी बन्न परेको बताएका हुन्।

‘मैले गर्दै नगरेको कामका लागि दोष पाएको एक वर्ष भइसक्यो’, उनले ट्विटमा लेखेका छन्, ‘म सत्य आफै बाहिर आउनेको पर्खाइमा शान्त थिए तर यो शान्तिलाई मानिसहरुले मेरो कमजोरीका रुपमा लिन थाले।’ आरोपले उनको करियरलाई कलंकित बनाउनुका साथै परिवारलाई समेत असर गरेको बताए।

ट्विटमा उनले यो घटनाले आफ्नो करियर, परिवार र प्रतिष्ठामा भने असर गरेको उल्लेख गरेका छन्। ‘यस बारेमा पहिले किन बोलिएन? म टिभीमा आएपछि मात्र यो कुरा किन सतहमा आउँछ। जबकी यो मात्र मेरो रोजीरोटीको श्रोत हो।’ मलिकले लेखेका छन्।

मलिकलाई गत वर्ष मिटू अभियानमा आरोप लागेपछि भारतीय चर्चित सांगितिक कार्यक्रम इण्डियन आइडलको निर्णायकबाट हटाइएको थियो। सो ट्विटमा अनुले आफू र आफ्नो परिवारले यसलाई कति समयसम्म झेल्न सक्छ भनेर थाहा नभएको कुरा आफ्नो ट्विटको अन्तमा लेखेका छन्। मलिकमाथि सोना महापात्रा, स्वेता पंडित तथा नेहा भासिनले दुर्व्यवहारको आरोप लगाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *