पत्रकार अजयवावु शिवाकोटीे ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’बाट सम्मानित

काठमाडौं । नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल (ईन्जा) ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष नेपालबाट सञ्चालित अनलाइन पोर्टल हाम्रा कुरा डटकमका अजयवावु सिवाकोटीलाई प्रदान गरिएको छ।
यो पुरस्कारको राशि १ हजार अमेरिकी डलर रहेको छ। ईन्जा एशिया च्याप्टरले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच पत्रकार शिवाकोटीलाई उक्त पुरस्कारले सम्मान गरेको हो । मानवअधिकारकर्मी कृष्ण पहाडी, इञ्जा एसियाका अध्यक्ष एवं पत्रकार टंक पन्त र पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले उनलाई एक हजार डलरसहित प्रशंसापत्र हस्तान्तरण गरेका हुन्।
सम्मानित हुँदै शिवाकोटीले पुरस्कारले आफूलाई थप जिम्मेवार हुन प्रेरित गरेको बताए। उनले पाएको एक हजार अमेरिकी डलर राशीको पुरस्कार मध्येबाट २५ हजार नेपाली रुपैयाँ बोनम्यारो ट्रान्सप्लान्टकाे क्रममा शुक्रबार मृत्यु भएका सुर्खेतका युवा पत्रकार डिलप्रसाद शर्माको परिवारलाई हस्तान्तरण गर्ने जानकारी दिए।
हाम्रा कुरा डटकमले एक महिलामाथि यौन दुव्र्यवहार गर्ने निवर्तमान सभामुख कृष्ण वहादुर महरावारेको समाचार पहिलो पटक सार्वजनिक गरेको थियो।
नेपाली पत्रकारिताको इतिहासमा सत्य र तथ्यमा आधारित भएर यस्ता साहसी समाचारहरू विरलै प्रकाशित भएको भन्दै ईन्जाले सम्मान गर्न चाहेको र यस्ता समाचार कानुनी राज्यको व्यवस्थापनमा थप वल पुर्याउनेछ भन्ने विश्वास राख्दै शिवाकोटीलाई वर्षको पुरस्कार प्रदान गरेको ईन्जाले जनाएको छ।
भिडियो
Facebook Comment