टर्कीले फिर्ता पठाउँदैछ आईएसका लडाकु, तर उनीहरु कहाँ जान्छन्?

डिसी नेपाल
२९ कार्तिक २०७६ २०:५७

अंकरा (बीबीसी) । इस्लामिक स्टेटका सदस्य आफ्नो देश फिर्ता जान नचाहे पनि टर्कीले उनीहरुले उनीहरुकै देश फिर्ता पठाउन शुरु गरेको छ। बीबीसीको रियालिटी चेक टिमले यस विषयमा छानविन गरेको छ।

टर्कीले कथित विदेशी जो आईएससँग जोडिएका थिए, उनीहरुलाई उनीहरुको देशमा फिर्ता पठाउन शुरु गरेको छ। तर, केही यूरोपेली मुलुक भने आफ्ना नागरिकलाई फिर्ता लिन अनिच्छुक देखिएको छन्।

जर्मनी, डेनमार्क, र बेलायतले उनीहरुलाई फिर्ता हुनबाट रोक्न ती नागरिकको नागरिकता समाप्त गरिदिएको छन् जो आईएससँग जोडिएका थिए। तर टर्कीले जर्मनी, डेनमार्क, फ्रान्स र आयरल्याण्डका २० भन्दा धेरै नागरिकलाई फिर्ता पठाउने प्रक्रिया शुरु भएको जनाएको छ। यदि टर्कीबाट उनीहरुलाई निकालियो भने उनीहरुमाथि के होला?

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोनानले सयौं विदेशी लडाकु टर्कीको जेलमा बन्द रहेको जानकारी दिएका छन्। यसै महिनाको शुरुमा सरकारले जेलमा बन्द रहेका विदेशी लडाकुलाई फिर्ता पठाउने संकेत दिएको थियो। उनीहरुको मुलुकले नागरिकता समाप्त गरेको भए पनि टर्कीले उनीहरुलाई फिर्ता पठाउने बताएको छ।

टर्कीका गृमन्त्री सुलेमान सोयूल भन्छन्, ‘संसारका देशहरुले आजभोली नागरिकता समाप्त गर्ने नयाँ तरिका अपनाएका छन्। उनीहरु भन्छकी उनीहरुलाई जहाँ पक्राउ गरिएको हो, त्यहिँ सजाय दिनुपर्ने बताउँछन्। यो अन्तर्राष्ट्रिय कानूनको नयाँ रुप हो। मलाई लाग्छ यसलाई स्वीकार गर्न सम्भव छैन।’

विदेशमा पक्राउ परेका मानिसहरुलाई कन्सुलर सहयोगको अधिकार हुन्छ र सामान्यतया त्यो व्यक्तिसँग सिधा सम्पर्क गरिन्छ। यसमा इन्टरनेशनल रेडक्रस सोसाइटीले हिरासतमा राखिएका व्यक्तिहरुको पहिचान गरेर सक्दो सहयोग गर्दै आएको छ।

सिरियाका जुन क्याम्पमा जहाँ कथितरुपमा आईएसका सदस्यहरु र उनीहरुका परिवारलाई राखिएको छ, केही सरकारहरुले भने सुरक्षा कारणले उनीहरुसँष् सम्पर्क गर्न निकै कठिन भएको बताएका छन्।

यो अझै स्पष्ट छैन की उनीहरुलाई टर्कीमा पक्राउ गरिएको हो वा सिरियाको सीम भित्र। केही यूरोपेली देशहरुले आफ्ना नागरिकलाई फिर्ता लिन सिधा अस्वीकार गरिदिएका छन। तर सँयुक्त राष्ट्रले भने आफ्ना नागरिकको जिम्मेवारी लिनुपर्ने बताउँछ।

सँयुक्ता राष्ट्र मानवअधिकार उच्चायुक्त मिशेल ब्याचलेटे भन्छिन्, ‘यदि अन्तर्राष्ट्रिय कानूनअनुसार मुद्दा चलाउन सकिँदै भने उनीहरुलाई आ आफ्नो देश फिर्ता पठाउनु पर्छ।’

उनले यदि कुनै विदेशी नागरिक कुनै अन्य देशमा गम्भीर अपराधमा हिरासतमा लिइन्छ भने उसको जिम्मेवारी उसको देशले लिनुपर्ने बताइन्। अन्तर्राष्ट्रिय कानूनअनुसार यदि कुनै व्यक्तिले अन्य देशको नागरिकता लिएको छैन भने उसको नागरिकता समाप्त गर्नु गैरकानुनी हुन्छ।

टर्कीका अधिकारीहरुले १२ नोभेम्बरमा आईएसका तीन् जिहादी लडाकुलाई उनीको देश जर्मनी, डेनमार्क र अमेरिका पठाइएको र अन्यलाई पनि छिटै फिर्ता पठाइने बताएका छन्।

जो अमेरिकी नागरिकलाई ग्रीसँग जोडिएको सीमाबाट पक्राउ गरिएको थियो, डिपोर्ट गरिएपछि उ अमेरिकाको सट्टा ग्रीस जान चाहन्थ्यो।

ग्रीसले उसलाई आफ्नो देशमा घुम्न दिएन। र उ फेरि टर्कीको हिरासतमा रहेको बताइयो।

डेनमार्कको नागरिकलाई राजधानी कोपेनहेगन पुगेपछि पक्राउ गरियो।

जर्मनीले आफ्ना अन्य नागरिकलाई पनि फिर्ता पठाउनेबारे टर्कीले जानकारी दिएको बताएको छ।

यसअघि पनि जर्मनीले आईएसका सदस्यहरुलाई फिर्ता लिएको थियो र उसमाथि मुद्दा चलाइएको थियो। र पुनर्वास कार्यक्रममा राखिएको थियो।

फ्रान्सले सिरिया वा इराकमा पक्राउ परेका उसका नागरिकले स्थानीय स्तरमा मुद्दाको सामना गर्नुपर्ने बताएको छ। यसैवर्षको शुरुमा चार फ्रेन्च नागरिकलाई एक न्यायिक प्रक्रियाअनुसार ईराकमा मृत्युदण्ड सुनाइएको थियो। जसको निकै आलोचना भएको थियो।

तर यो पनि रिपोर्ट गरिएको थियो की फ्रान्सले २०१४ मा टर्कीबाट चुपचाप केही जिहादीलाई फिर्ता लिएको थियो, र स्वेदश फिर्ता भएपछि पक्राउ गरिएको थियो।

केही मुलुकले भने नागरिकता नै समाप्त गर्ने काम गरेका छन्। किनकी आईएसका शंकास्पद सदस्यहरुलाई फिर्ता लिनबाट रोक्न सकियोस। उदाहरणका रुपमा बेलायतले शमीमा बेगमको मामिला। जसलार्ई सिरियाको एक शिविरमा बन्द राखिएको छ।

बेलायतले यो फैसला उनले आफ्नी आमाका आधारमा बंगलादेशी नागरिकता दावी गर्नेसक्ने विश्वासमा गरेको थियो। तर बंगलादेशले यसलाई अस्वीकार गर्दै यो जिम्मेवारी बेलायतको भएको बताएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *