अफगानिस्तानमा चार जिल्ला स्तरीय प्रहरी अधिकृत मारिए
अफगानिस्तान । (रासस/सिन्ह्वा) । अफगानिस्तानको उत्तरी बाघ्लान प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी अधिकृत मारिएका छन् ।
तालिबानी लडाकूहरुले राखेको विद्युतीय धरापमा परी उनीहरुको शुक्रबार विहान मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
‘तखार प्रान्तमा पर्ने वार्साज जिल्लाका प्रहरी प्रमुख अफ्जाल हकिमी र उहाँका अरु तीन जना सहकर्मीको मृत्यु भएको छ,’ तखार प्रान्तको प्रान्तीय सरकारका प्रवक्ता जवाद हिजीरीले सिन्ह्वासँग भने ।
घटना भएको ठाउँ प्रहरी प्रमुख हकिमीको गृह जिल्ला जाने बाटोमा पर्दछ । त्यो क्षेत्र तालिबान लडाकूहरुको बढी प्रभाव रहेको क्षेत्र मानिन्छ ।
प्रतिक्रिया
Facebook Comment