आज हङकङसँग खेल्दै नेपाल, दुवै टोली पहिलो जितको खोजिमा

डिसी नेपाल
३० कार्तिक २०७६ ७:४७

काठमाडौं । एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले आज दोस्रो खेल खेल्दैछ । बंगलादेशमा आयोजना भएको प्रतियोगिताको दोस्रो खेलमा नेपालले हङकङसंग प्रतिस्पर्धा गर्न लागेको हो ।

ढाकास्थित सभारमा उत्रँदै गर्दा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्व जित निकाल्नै पर्ने दबाब छ

खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे सुरु हुनेछ । ढाकामा बिहिबार भएको पहिलो खेलमा नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको थियो ।

यस्तै हङकङलाई आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशले ९ विकेटले हराएको थियो । आफ्नो दोस्रो खेलमा जित हात पार्दै नेपाल र हङकङ सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राख्न चाहान्छन् ।

नेपालले समुह चरणको अन्तिम खेल आयोजक बंगलादेशसँग नोभेम्बर १८मा खेल्ने छ । यस प्रतियोगितामा युएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *