नेपालले ब्याटिङ गर्दै, सोमपाल बाहिर

डिसी नेपाल
३० कार्तिक २०७६ ८:२८

काठमाडौं । बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपालले समूह चरणको दोस्रो खेलमा हङकङको सामना गर्दैछ । खेलमा हङकङले टस जितेर फिल्डीङ रोजेको छ ।

नेपालले भारतविरुद्ध एक खेलाडी परिवर्तन गरेको छ । सोमपाल कामीलाई विश्राम दिइएको छ । उनको स्थानमा अभिनाश बोहोराले टोलीमा स्थान बनाएका छन् ।

दुुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो ।

नेपाली टिमः
ज्ञानेन्द्र मल्ल (कप्तान) कुशल भुर्तेल, शरद भेषावकर, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, पवन सर्राफले, करण केसी, अभिनाश बोहोरा, ललित नारायण राजवंशी र सुशन भारि




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *