शरदको अर्धशतकमा हङकङलाई २१८ रनको लक्ष्य
काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले हङकङलाई जितका लागि २ सय १८ रनको लक्ष्य दिएको छ ।
ढाकामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २ सय १७ रन बनायो । हङकङविरुद्ध खराब सुरुवात गरेको नेपालले ३ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ललाई सुन्य र कुशल भुर्तेललाई १ रनमा गुमाएको थियो ।
तर, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषवाकरले अर्धशतकीय इनिङ्स खेल्दै नेपालको इनिङ्स उकासेका थिए । शरदले ८९ रन बनाए । शरदले तेस्रो विकेटका लागि दिपेन्द्र सिंह ऐरीसँग ८३ रनको साझेदारी गरेका थिए । दिपेन्द्र ३७ रनमा आउट भए ।
यस्तै चौंथो विकेटका लागि शरदले आरिफ शेखसँग ७४ रनको साझेदारी गरे । आरिफले ४८ रन बनाए ।
प्रतिक्रिया
Facebook Comment