किर्तिपुरमा भएको च्यारिटी खेल सचिन तेन्दुलकरले जिते
काठमाण्डाै । युनिसेफको आयोजनामा कीर्तिपुरमा भएकाे खेलमा सचिन तेन्दुलकरकाे टिमले विनाेद दासकाे टिमलाई हराएकाे छ । ४५ रनकाे विजयी लक्ष्य पछ्याएकाे सचिनकाे टाेलीले विनाेदकाे टिमलाई ६ विकेटले हराएकाे हाे ।
कीर्तिपुरकाे त्रिवि मैदानमा १० ओभरमा खेल खेलाउने बताइए पनि आठ ओभरको खेलमात्र भएको थियो । जसमा पहिले ब्याटिङ गरेको विनोद दासको टिमले ४५ रनको लक्ष्य दिएको थियो ।
सचिनकाे कप्तानीमा रहेकाे टिमले ६ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएकाे हाे । सचिनले ब्याटिङमा सात रन बनाए । जसमा उनले एक चौका प्रहार गरेका थिए । उनी ब्याटिङमा आउँदा कीर्तिपुर मैदानमा उपस्थित सबै समर्थकले ठूलो हुटिङ गरेका थिए । यसका साथै उनलाई समर्थकले छक्का हान्न आग्रह पनि गरेका थिए । दुवै टिममा स्कुलका बालबालिकाको सहभागिता रहेको थियाे ।
त्यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे विनाेदकाे टाेलीले निर्धारित ८ ओभरमा ४ विकेट गुमाउँदै ४४ रन बनाएकाे थियाे । युनिसेफको निमन्त्रणामा शुक्रबार राति काठमाण्डाै आइपुगेका सचिनले कीर्तिपुर मैदानमा बलिङ पनि गरेका थिए ।
बालअधिकारसम्बन्धि महासन्धि पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा नेपालस्थित युनिसेफ कार्यालयले मैत्रीपूर्ण क्रिकेट प्रतियाेगिताकाे आयोजना गरेको हो । सचिन युनिसेफका सद्धभावना दूत हुन् ।
Facebook Comment