विमल घर्तीमगरसहित चार खेलाडी राष्ट्रिय टिमबाट बर्खास्त

डिसी नेपाल
३० कार्तिक २०७६ १४:२१

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार जना खेलाडीलाई राष्ट्रिय टीमबाट बर्खास्त गरेको छ । एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई बर्खास्त गरेको हो ।

विश्वकप २०२२ को छनोटमा कुवेतविरुद्ध खेल्ने नेपाली टीमका खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै बर्खास्त गरेको एन्फाले जनाएको छ । उनीहरु मध्यरातमा ठमेलका विभिन्न क्लबमा भेटिएकाले कारबाही गरिएको हो । एन्फाका उच्च पदाधिकारीले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई टिमबाट बर्खास्त गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *