१६ वर्षकी किशोरीलाई २ जनाले बलात्कार गरे, बच्चा जन्मिएपछि बेच्ने आदेश

डिसी नेपाल
३० कार्तिक २०७६ १५:३८

काठमाडौं। १६ वर्षकी एक किशोरीलाई २ जनाले बलात्कार गरे । बलात्कारपछि किशोरी गर्भवती भइन् र उनले छोरालाई जन्म दिइन् । बच्चा जन्मिएपछि गाउँलेहरुले पीडित किशोरीलाई उनले जन्माएको बच्चा २० हजार रुपैयाँमा बेच्ने आदेश दिए । घटना भारतको बिहार राज्यको मुजफ्फरपुरको कटरा थाना क्षेत्रको हो ।

पीडितकी आमा छोरीको लागि न्याय मागिरहेकी छिन् । पुलिसले यस सम्बन्धमा उजुरी दर्ता गरेको छ । गाउँलेहरुले पीडितको बच्चालाई बेच्न आदेश दिए । गाउँलेहरुले बच्चा नबेचेमा उनलाई गाउँबाट निकालिदिने चेतावनी पनि दिएका छन् । गाउँलेको चेतावनीका कारण पीडित परिवार त्रासमा छ ।

बलात्कारको घटना करिब १० महिना पहिले भएको थियो । पीडित परिवारका अनुसार उनीहरु बच्चा आफैंसँग राख्न चाहन्छन् । तर गाउँलेहरुलाई उनीहरुको यो कुरा मन परिरहेको छैन । पीडितकी आमाका अनुसार उनीहरुमाथि धेरै अन्याय भएको छ । कोही पनि सहयोग गर्न तयार छैनन् । गाउँलेहरु आरोपीलाई बचाउन लागिपरेका छन् । पीडित परिवारमाथि नै गलत आरोप लगाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *