अर्को महिना इन्जिनियरिङमा स्नातक गर्दैछन् ९ वर्षका बालक, विश्वविद्यालयले भन्यो ‘असाधारण’

डिसी नेपाल
३० कार्तिक २०७६ १५:३९

ब्रसेल्स। बेल्जियममा ९ वर्षका बालक स्नातक डिग्री हासिल गर्दैछन् । लरेन्ट सिमन्स नामका ती बालकले आइण्डहोवन युनिभर्सिटी अफ टेक्नोलोजीबाट इलेक्ट्रिक इन्जिनियरिङ गर्दैछन् । विश्वविद्यालयका प्राध्यपकका अनुसार उनी असाधारण छन् । लरेन्टले डिसेम्बरमा आफ्नो ग्रयाजुएसन पूरा गर्नेछन् ।

लरेन्टका पिताले अमेरिकी मिडिया सिएनएनसँग कुरा गर्दै उनको इलेक्ट्रिकल इन्जिनियरिङमा पीएचडी गर्ने योजना रहेको बताए । पिताका अनुसार उनी मेडिकलको डिग्री पनि लिन चाहन्छन् । लरेन्टकी आमा लिडा र पिता एलेक्जेन्डर सिमन्सले भने ‘उनका शिक्षकहरुले लरेन्टमा केही खास देखे ।’ लरेन्टका मातापितालाई उनी यति धेरै सिक्न कसरी सक्षम छन् भन्ने समेत थाहा छैन ।

अन्य विद्यार्थीको तुलनामा लरेन्ट आफ्नो पाठ्यक्रम निकै छिटो बुझ्छन् । विश्वविद्यालयका शिक्षा निर्देशक जोएर्ड हल्सफका अनुसार उत्कृष्ट विद्यार्थीको लागि त्यहाँ राम्रो कार्यक्रमको व्यवस्था गरिन्छ । उनका अनुसार लरेन्ट असाधारण छन् र युवाहरुको लागि प्रेरणा छन् । लरेन्ट त्यहाँका विद्यार्थीमध्ये सबैभन्दा उत्कृष्ट भएको उनको भनाइ छ । उनी न केवल बुद्धिमान छन्, उनी शालीन पनि छन् । ग्रयाजुएसन सकेपछि जापानमा विदा मनाउने लरेन्टको योजना छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *