असल समाज निर्माणका लागि आशावादी रहन नेता नेपालको आग्रह

डिसी नेपाल
३० कार्तिक २०७६ १८:४७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निराश नहुन सबै नागरिकलाई आग्रह गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले असल समाज निर्माणका लागि आशावादी हुनैपर्ने पनि स्पष्ट पारे । उनले साहित्यकारहरुलाई सुन्दर समाज निर्माणका लागि प्रेरित गर्नेखालका साहित्यिक कृतिहरुको रचना गर्न पनि सचेत गराए ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा साहित्यकार संविदा वाग्लेद्धारा लिखित ‘नवपल्लव’ र अर्की साहित्यकार उषा थपलियाद्धारा लिखित ‘नारी, तिमी हारेकी छैनौं’ नामक पुस्तकको एकसाथ लोकार्पण गर्दै उनले सुन्दर समाज निर्माणका लागि साहित्यिक रचनाहरुले पनि प्रेरित गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

त्यस अवसरमा वरिष्ठ नेता नेपालले समाजमा सकारात्मक योगदान पुर्याउने गरी साहित्यिक कृतिहरुको सृजना गरेको भन्दै साहित्यकारद्धय संविदा वाग्ले र उषा थपलियाप्रति आभार पनि व्यक्त गरे ।

नेता नेपालले समाजमा विध्वंश मच्चाउने खालका कुनै पनि गतिविधि हुन नदिन साहित्यिक रचनाहरुले उत्पेरक तत्वको भूमिका निर्वाह गर्नुपर्ने पनि बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *