महाभियोगमाथि सुनुवाई भइरहेकाबेला ट्रम्पको एक ट्वीटले बबाल

डिसी नेपाल
३० कार्तिक २०७६ १९:१८

वाशिङ्टन (एजेन्सी) । अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभामा राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्धको महाभियोगसँग सम्बन्धित एक सार्वजनिक सुनुवाईको दोस्रो दिन थियो र यसको शरुआत एकपटक फेरि धमाकेदार भयो।

अमेरिकी राष्ट्रपति ट्रम्प सुनुवाईका क्रममा कक्षमा थिएनन्, तर त्यहाँ उनी रहेको महसूस गरियो। यो सुनुवाई टिभीमा लाइभ भइरहेको थियो। यूक्रेनका लागि अमेरिकी पूर्व राजदूत म्यारी योवानोभिच जब सुनुवाईका क्रममा आफ्नो बयान दिइरहेकी थिइन्, सोही समय राष्ट्रपति ट्रम्मले ट्वीटरका माध्यमबाट उनीमाथि आक्रमण गरे।

ट्वीटरमा उनले म्यारी योभानोविचमाथि सोमालियामा उथलपुथल मचाएको आरोप लगाए। उनले लेखेका थिए, ‘सबै स्थानमा म्यारी योभानोविच द्वेषपूर्ण हुन्छिन्। सोमालियामा पनि उनले यही गरिन्। त्यहाँ के भयो?’

उनको यो ट्वीटको जानकारी सभामा रहेका सबैले पाए। महाभियोग अनुसन्धान गरिरहेका इन्टेलिजेन्स कमिटीका प्रमुख एडम शिफले योवानोविचलाई यसको जानकारी दिए। यो मामिलामा योवानोविचले धम्की दिएको जस्तै बताइन्। सोमालियाबारे आरोपमा उनले भनिन्, ‘मलाई लाग्दैन मसँग यति शक्ति थियो। न मोगादिशुमा, न सोमालियामावा अन्य कुनैस्थानमा।’

उनको यो जवाफ पनि टिभीमा लाइभ प्रशारण गरिएको थियो। प्रमुख एडम शिफले ट्रम्पको ट्वीट साक्षीलाई डर धम्की दिने तरिका जस्तै भने। तर, ट्रम्पले ट्वीट कसैलाई धम्की दिनका लागि नगिरएको बताए। ट्रम्पले पत्रकारहरुसँग आफुले महाभियोगसँग सम्बन्धित सुनुवाई हेरेको र त्यो अपमानजनक भएको बताए।

रिपब्लिकन सांसदहरुले पनि धम्की दिएको दावीलाई खारेज गरे। सांसद जिम जोर्डनले भने, ‘साक्षी आफ्नो बयान दिइरहेकी थिइन्। यदि शिफले उनलाई ट्वीट पढेर नसुनाएको भए उनलाई यो विषयमा थाहा हुने थिएन।’

राष्ट्रपति ट्रम्पले यूक्रेनलाई दिइने सैन्य मद्दत राजनीतिक प्रतिद्वन्दी जो वारुइडनमाथि भ्रष्टाचार मामलिामा अनुसन्धान गराउनका लागि दबाब दिन रोकेको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

तर ट्रम्पले भने केही पनि गलत नगरेको बताउँदै आएका छन्। उनले यो कारबाही राष्ट्रपतिलाई उत्पीडन गर्नका लागि भएको बताएका छन्।
म्यारी योवानोविचलाई मेमा यूक्रेनको राजदूतबाट हटाइएको थियो। अथवा उनलाई राष्ट्रपति ट्रम्प र यूक्रेनका राष्ट्रपतिबीच त्यो विवादित फोन कलभन्दा दुई महिना पहिला हटाइएको थियो, जसका कारण अनुसन्धान शुरु गरिएको हो।

सामान्य रुपमा लेखिएको ट्रान्सक्रिप्टअनुसार ट्रम्पले यूक्रेनका राष्ट्रपति भ्लादिमीर जेलिन्स्कीलाई वाइडन र उनका छोराविरुद्ध आरोपमा जाँच गर्न अपील गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *