आज बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ ?
काठमाडौं । आज (आइतबार) अमेरिकी डलरसहित प्रायः सबै देशको भाउ स्थिर रहेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५६ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ १६ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ५३ पैसा र बिक्रिदर १४८ रुपैयाँ ३० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७१ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७३ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७७ रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३ सय ७९ रुपैयाँ ११ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ८२ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ ४१ पैसा रहेको छ।
Facebook Comment