भारतीय क्रिकेटर सचिनले भेटे प्रधानमन्त्री

डिसी नेपाल
१ मंसिर २०७६ १५:१५

काठमाडौं । भारतीय क्रिकेटर सचिन तेन्दुल्करले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । शुक्रबार नेपाल आइपुगेका सचिनले आइतबार प्रधानमन्त्री ओलीलाई भटेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटरमार्फत प्रसिद्ध क्रिकेटर तथा युनिसेफको सद्भावना दूत सचिनसँग भेट गरेको उल्लेख गरेका छन् ।

उनले नेपालले बालअधिकारको प्रबर्द्धनको क्षेत्रमा गरेको योगदानको प्रशंसा गरेको जनाएका छन् । सचिनले शनिबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए । बालअधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफ नेपालले सचिनलाई नेपाल बोलाएको हो । सचिन शनिबार त्रिवि क्रिकेट मैदान पुगेर मैत्रीपूर्ण क्रिकेट म्याच खेलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *