तीन छोराछोरी र श्रीमतीलाई गोली हानेर मारेपछि आफूलाई पनि गोली हानेर आत्महत्या गरे
क्यालिफोर्निया। अमेरिकाको दक्षिण भागमा पर्ने क्यालिफोर्निया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ। सीएनएनका अनुसार एक व्यक्तिले आफ्ना तीन छोराछोरी र श्रीमतीको गोली प्रहार गरी हत्या गरेका हुन्। उनीहरुको हत्या गरेपछि ती व्यक्तिले पनि आत्महत्या गरेको जनाइएको छ।
स्थानीय एक पत्रिकाले प्याराडाइज हिलमा उक्त घटना भएको लेखेको छ। उत्तरी अमेरिका र मेसिक्कोको सीमा क्षेत्रदेखि ३५ किलोमिटर टाढा रहेको ठाउँमा घटना भएको थियो। घटनास्थलमा प्रहरीले एउटा बन्दुक भेटिएको बताएको छ। घटना किन र के कारणले भयो भन्ने बारेमा केही थाहा पाउन नसकिएको प्रहरीको भनाई छ। प्रहरी अधिकारीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको जनाएका छन्। गत बिहीबार पनि क्यालिफोर्नियाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार भएको थियो। त्यसबेला २ विद्यार्थीको मृत्यु भएको थियो।
Facebook Comment