भारतीय नयाँ नक्साको विरोधमा नेविसंघ आन्दोलित

डिसी नेपाल
१ मंसिर २०७६ १९:५५

काठमाडौं । लिपुलेक, कालापानीलगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको विरोधमा नेविसंघले राजधानीमा निकालेको प्रर्दशनमा प्रहरी हस्तक्षेप भएको छ ।

प्रहरीको कुटाइबाट घाइते भएका विद्यार्थी नेता कृष्ण पुडासैनीको टाउकोमा सात टाँका लगाइएको छ । पक्राउ पर्ने विद्यार्थी नेताहरुमा नवराज त्रिपाठी, मनिस सिंखडा, दीपक ओझा, सरोज थापा, सन्तोष पाण्डे, दिपेश ओली रहेको नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए ।

पक्राउ परेकालाई तत्काल रिहा नगरे प्रहरी प्रशासन विरुद्ध शशक्त आन्दोलन गर्ने चेतावनी काफ्लेले दिए । राष्ट्रियताको सवालमा नेविसंघले कसैसँग कहिल्यै सम्झौता नगर्ने भन्दै काफ्लेले भारतीय विस्तारवाद विरुद्धको आन्दोलन जारी रहने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *