नेपाल सस्तैमा समेटिएपछि बंगलादेशलाई १३९ रनको लक्ष्य

डिसी नेपाल
२ मंसिर २०७६ १२:२७

काठमाडौँ । बंगलादेशमा जारी इमर्जिङ टिम्स एशिया कप अन्तर्गत नेपालले आयोजक बंगलादेशलाई १३९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४४.३ ओभरमा अल आउट हुदै १३८ रन बनाएको हो । यस खेलमा पनि नेपालको ब्याटिंग असफल भएको छ ।

पहिलो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलबीच ३३ रनको साझेदारी भएको थियो । कुशल भुर्तेल १० रन बनाएर आउट भए भने कप्तान मल्ल लगातार दुई खेलमा शुन्यमा आउट भएपछि यस खेलमा २२ रन बनाएर आउट भएका छन् ।

त्यस्तै शरद भेस्वाकर एक रन बनाएर आउट भए भने दिपेन्द्र सिंह ऐरी ६ रन बनाएर आउट भए । त्यस्तै आरिफ सेख ११ रन बनाए भने पवन सराफ ९ तथा सन्दीप जोरा शुन्यमा आउट भए ।

त्यस्तै बिनोद भण्डारीले ८ रन बनाए भने करण केसीले १८ रन बनाए । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३८ रन बनाएका थिए । सोमपाल र करणबीच नवौ विकेटका लागि सर्वाधिक ५० रनको साझेदारी भएको थियो ।

बंगलादेशका बलर शाएद मिनाजुल अबेडिन र सुमोन खानले ३- ३ विकेट लिए भने तनवीर इस्लामले २ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *