विपक्षी टिमलाई अत्याधिक गोल गरेर बेइज्जत गरी हराएको भन्दै कोच बर्खास्त !

डिसी नेपाल
२ मंसिर २०७६ १२:५४

काठमाडौं। फुटबल क्लवले लगातार हार व्यहोरेमा प्रशिक्षकले राम्रोँग प्रशिक्षण दिन नसकेको भन्दै क्लवले प्रशिक्षक बर्खात गरेका घटनाहरु हामीले धेरै सुनेका छौं । तर इटलीमा भने यसको ठिक उल्टो भएको छ । यहाँको एक क्लवका प्रशिक्षकलाई क्लवले विपक्षी टिमलाई अत्याधिक गोल गरेर हराएको कारण बर्खास्त गरेको गोल डटकमको समाचारमा जनाइएको छ

इटलीको अण्डर १८ क्लव इन्भिक्टासाउरोका प्रशिक्षक मासिमिलियानो रिसिनीलाई क्लवले विपक्षी टिमलाई धेरै गोल गरेको भन्दै हटाएको हो । शनिबार भएको खेलमा रिसिनीको प्रशिक्षणमा रहेको क्लवले विपक्षी टिम मारिना क्याल्सियोको पोस्टमा २७ गोल हान्यो तर आफूले एक गोल पनि खाएन । टस्कानीको यो क्लव यो लिगको अंक तालिकाको शीर्षमा रहेको बेला तालिकाको अन्तिममा रहेको मारिना क्याल्सियोविरुद्ध कुनै दया नदेखाएको भन्दै प्रशिक्षकलाई बर्खास्त गरिएको हो ।

सबै गोलकिपरहरु एकैपटक घाइते भएपछि मारिना क्याल्सियोले एक आउटफिल्ड खेलाडीलाई गोलकिपरको रुपमा मैदानमा उतारेको थियो । नब्बे मिनेटको अवधिमा इन्भिक्टासाउरोका एक खेलाडीले ७ र अन्य २ खेलाडीले एक्लाएक्लै ६–६ गोल गरेका थिए । खेलपछि मारिना क्याल्सियोकास्पोर्टिङ डाइरेक्टर टिबेरियो प्राटेसीले आफ्नो टिमलाई खेलका क्रममा घोर अनादर गरिएको भन्दै उजुरी गरेका थिए ।

इन्भिक्टासाउरोका एक अधिकारीले नतिजापछि प्राटेसीलाई नतिजाको लागि माफी माग्न भनेका थिए लगत्तै इन्भिक्यासाउरोका अध्यक्ष पाओलो ब्रोगेलीले प्रशिक्षक रिसिनीलाई तत्काल लागू हुनेगरी बर्खास्त गरिएको आधिकारिक वक्तव्य जारी गरे । ‘हाम्रो युवा टिमले मारिना क्याल्सियोलाई २७–० ले पराजित गरेको थाहा पाउँदा हामी स्तब्ध भएका छौं र गहिरो दुःख जनाउँछौं’ ब्रोगेलीले वक्तव्यमा भनेका छन् ‘युवा फुटबलमा यस्ता कुराहरु हुनु हुँदैन । विपक्षीलाई सधैं सम्मान गरिनुपर्छ र आज त्यो हुन सकेन ।’

उनले अगाडि भनेका छन् ‘अध्यक्षको रुपमा म मारिना क्लवसँग क्षमा माग्दछु । म घोषणा गर्दछु कि हाम्रो डाइरेक्टरहरुले कोच रिचिनीलाई बर्खास्त गर्ने निर्णय गरेका छौं । हाम्रा कोचहरुको मुख्य जिम्मेवारी युवा खेलाडीहरुलाई प्रशिक्षण दिनु हो तर सबैभन्दा माथिउनीहरुलाई शिक्षित गर्नु हो । त्यो आज हुन सकेन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *