अर्धशतक बनाएका यी खेलाडीको आउट भएछि निधन

डिसी नेपाल
२ मंसिर २०७६ १९:३५

नयाँ दिल्ली (एजेन्सी) । भारतको हैदराबादमा एबदिवसीय क्रिकेटको दौरान ४१ वर्षिय ब्याट्सम्यान बिरेन्द्र नाइकको मृत्यु भएको छ।

आइतबार हैदराबादमा मारपल्लि क्लबका खेलाडी विरेन्द्रको हार्ट अट्याकको कारण निधन भएको बताइएको ।
अर्धशतक खेल्दै उत्कृष्ट प्रदर्शन गरेका विरेन्द्र आउट भएपछि पावेलियन फर्किएका थिए ।

उनले उक्त खेलमा ६६ रनको योगदान दिएका थिए । तर रेफ्रीको गलत निर्णयका कारण उनी आउट भए ।

पावेलियन फर्किदै गर्दा विरेन्द्र भित्तामा ठोकिएर लडेका थिए । त्यसपछि उनलाई तत्कालै साथिहरुको सहयोमा अस्पताल लगिएको थियो ।

विरेन्द्रका भाइ अविनाषका अनुसार विरेन्द्र लामो समयदेखि छातिको रोगको बिरामी थिए र उनी औषधी सेवन गरिरहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *