मेस्सीको गोलले अर्जेन्टिना हारबाट जोगियो

डिसी नेपाल
३ मंसिर २०७६ ६:३२

एजेन्सी । लियोनल मेस्सीले अर्जेन्टिनालाई हारबाट जोगाएका छन् । सोमबार राति उरुग्वेसंंग भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले २–२ को बराबरी खेलेको हो ।

हारतर्फ उन्मुख अर्जेन्टिनालाई मेस्सीले ईन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै जोगाएका हुन्। खेलमा अग्रता ईडिन्सन काभानीको गोलमा उरुग्वेले ३४ औ मिनेटमा लिएको थियो ।

सर्जियो अग्युरोले ६३ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । लुईस स्वारेजले ६८ औ मिनेटमा गोल गर्दै उरुग्वेलाई पुन अग्रता दिलाए । तर जिततर्फ उन्मुख उरुग्वेलाई मेस्सीले खेलको अन्तिम समयमा निराश पारे । अन्तराष्ट्रिय प्रतिबन्धबाट फर्किएका लियोनल मेस्सीले अर्जेन्टिनामा राम्रो प्रभाव जमाएका छन् ।

अघिल्लो खेलमा उनकै गोलमा अर्जेन्टिनाले ब्राजिललाई हराएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *