ईन्जाद्वारा आफ्नो मार्गचित्र सार्वजनिक, ईन्जा र समुदायबीच सहकार्यको शूरुवात

भर्जिनिया, अमेरिका । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इन्जा) ले विदेशमा रहेका नेपाली समुदायसंगको साझेदारी कार्यक्रम आइतबार सार्बजनिक गरेको छ।
अमेरिकाको भर्जिनियामा आइतबार समुदायको लागि आयोजित वेनिफिसिय ललन्चन कार्यक्रममा इन्जाले सामुदायिक पत्रकारिता र सामुदायिक दायित्व मार्फत आफुलाई समाजसंग जोड्ने घोषणा गरेको हो। इन्जाले र्सार्वजनिक गरेको कार्यक्रमलाई सहयोग पुर्याउने उदेश्यले कार्यक्रममा उपस्थित व्यक्ति तथा संस्थाहरुले करिव २० लाख रुपिया (१८ हजार ३ सय १२ डलर) सहयोग प्रदान गरेका थिए ।
इन्जाले समुदायलाई सहयोग पुग्ने गरी सामुदायिक पत्रकारिताको तालिम प्रदान गर्ने, विदेशमा रहेका नेपाली वालवालिकाहरुलाई नेपाली भाषा सिकाउन बालसंचार कार्यक्रम अन्तर्गत “छुनुमुन” नामक अनलाइन एप्लिकेशनको विकास गर्ने, सामुदायिक पत्रकारिताको प्रबर्दनका लागि अनलाइन स्थापनामा सहयोग पुर्याउने, नेपालीभाषा र संस्कृतिको प्रबर्दन गर्न समुदायसंग साझेदारी गर्ने लगायतका रहेका छन् ।
इन्जाको अभियानलाई अगाडि वढाउन सोही कार्यक्रममा विभिन्न दाताहरुले वार्षिक सहयोग पुर्याउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।वालवालिकालाई नेपालीभाषा र संस्कृति सिकाउने ईन्जाको बाल संचार कार्यक्रमअन्तर्गत “छुनुमुनु एपको विकासका लागि भर्जिनिया निवासी गीतकार अम्विका गुरुङ र अनलाइन पोर्टलव्रेक एण्ड लिंकसले सहकार्य गर्ने भएका छन् ।
भर्जिनिया निवासी व्यवसायी तथा पत्रकार सुनिता खत्रीले सामुदायिक पत्रकारिता पुरस्कारका लागि इन्जासंग सहकार्य गर्न हरेक दुइ वर्ष १,१११ डलर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् भने साहित्यको क्षेत्रमा क्रियाशिल व्यक्तित्वलाई हरेक वर्ष पुरस्कृतगर्ने स्रष्टा सम्मानका लागि गीतकार अम्विका गुरुङले सन् २०२० का लागि १ हजार १ डलर सहयोग प्रदान गर्ने घोषणा गरेकी छिन् ।
इन्जाले समुदायको सहयोगमा प्रदान गरिने पुरस्कारहरुको कार्यविधि चांडै नै सार्वजनिक गर्ने सोही कार्यक्रममा जानकारी गराएको छ।
इन्जाद्वारा स्थापना गरिएको इन्जा अन्तराष्ट्रिय अवार्ड दुइ दिन अगाडि मात्रै हाम्रा कुरा डटकमका प्रधान सम्पादक अजयवावु सिवाकोटीलाई नेपालमा एक कार्यक्रम आयोजना गरी प्रदान गरिसकिएको छ। कार्यक्रममा इन्जाले आगामी दिनमा आफ्नो दीगोपनका लागि प्रस्तुत गरेको कार्ययोजनालाई समुदायका प्रतिनिधिहरुले स्वागत गर्दै सहकार्यका लागि तत्पररहने प्रतिवद्धता व्यक्त गरेका थिए।
इन्जाले आगामी दिनमा समुदायसंग सहकार्य गर्दै स्थानीय स्तरका आवश्यकता वोध गरी थपयोजनाहरु निर्माण रकार्यान्वयन गर्ने नीतिगत निर्णय लिएको जानकारी गराएको छ। सो अवसरमा एक प्रभावकारी सन्देश पठाउनु हुंदै नेपालका लागि पूर्व अमेरिकी राजदूत एवं इन्गेज नेपालका अध्यक्ष स्कट डिलिसीले ईन्जाको मुख्य सल्लाहकार रहेर इन्जासंग सहकार्य गरीअगाडि बढ्न तयार रहेको बताईन्।
कार्यक्रममा भिजिट नेपाल २०२० को विश्वव्यापी प्रचार र प्रसारका लागि ईन्जाले फ्रेन्डस अफ ईन्जाका प्रतिक दाहाललाई ईन्जाका तर्फबाट अमेरिकाबाट सगरमाथा बेस क्याम्पको भ्रमण गराई नेपालको पर्यटकीय विकासकालागि नेपाल भ्रमण गर्न आव्हान सहितको एक लाईभ भिडियो रिपोर्ट प्रस्तुत गरिएको थियो।
कार्यक्रममा उपस्थित अमेरिकाका लागि नेपाली राजदुत अर्जुनकुमार कार्कीले भिजिट नेपाल २०२० लाई सफल वनाउन भूमिका निर्वाह गर्न सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरे। आफु अस्थायी राजदुत भएको तर अमेरिकामा वसोवास गर्ने नेपालीहरु स्थायी राजदुत भएको चर्चा गर्दै राजदुतकार्कीले नेपालीले सुरु गरेका सही अभियानहरुलाई विदेशमा वस्ने नेपालीहरुले सहयोग पुर्याउनु पर्ने कुरामा जोड दिए ।
पर्यटन विकासका लागि नेपाल सरकारका डिसी मेट्रो क्षेत्रका प्रतिनिधि तथा अमेरिका नेपाल सोसाईटिका अध्यक्ष प्रभा भट्टराई देउजाले मर्यादित पत्रकारिता, समुदायमा ईन्जा कार्यक्रम, बाल संचार अन्तर्गतको “छुनुमुनु” कार्यक्रम लगायत ईन्जाले उठान गरेका एजेन्डाहरूले आफु प्रभावित भएको र ईन्जासंग सहकार्य गर्दै अगाडि बढने बचन बुद्दता व्यक्त गर्दै आफ्नो सस्थाका तर्फबाट १ हजार डलर सहयोगको घोषणा गरे।
उक्त कार्यक्रममा गीतकार अम्विका गुरूंगको पत्रकारमा समर्पित “ पत्रकार” नामक गिती एल्बम बिमोचन गरिएको थियो। उक्त गित प्रस्तुत गरिदा उपस्थित सवै पत्रकारहरू स्टेजमा आएर नाँचेका थिए। साथै गितकार अम्विका गुरुङलाई उक्त गीतका लागि ईन्जा परिवारले हार्दिक धन्यवाद ज्ञापन गरेको थियो।
कार्यक्रममा सगुनका उप ब्यबस्थापक कविन्द्र सिटौलाले पत्रकार नामक कबिता पाठ गर्दै ईञ्जाको अभियान समुदायका लागि अत्यन्त महत्वपुर्ण रहेकोले सगुनकातर्फबाट १५ सय डलर सहयोगको घोषणा गरेका थिए। ईन्जाको अवधारणाबाट पत्रकार र समुदायबीचको सम्वन्ध र सहकार्यको महत्वलाई यस कार्यक्रम मार्फत प्रष्ट पारिएको भन्दै समुदाय प्रति पत्रकारहरूले गर्नुपर्ने कर्तव्यमा ईन्जाको यस अभियानलाई उपस्थित समुदायका व्यक्तित्वहरूले अत्यन्त सराहनीय र प्रोफेसनल कार्यक्रम भनि प्रसंसा गरेका थिए।
संस्थाका संरक्षकहरु राम चन्द्र खरेल र योगेश उपाध्यायको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा भिजिट नेपाललाई प्रवर्दन गर्ने सामग्रीहरु प्रदर्शनगरिएको थियो । ईन्जाको अवधारणा, नीति , कार्ययोजना तथा सस्थागत बिकासका लागी मार्गदर्शन तर्जुमा गर्ने ईञ्जाका बरिष्ठ उपाध्यक्ष सुनिल मणी दाहाल तथा ईञ्जा निर्देशक किशोर सापकोलाटालाई हार्दिक धन्यवाद दिँदै ईञ्जाले उनीहरुको उच्च मुल्यांकन गरेको व्यहोरा संरक्षकद्दयले सभा हलमा जानकारी गराउँदा सभाहलले तालि बाजाई अनुमोदन गरेको थियो।
कार्यक्रमलाई ब्यबस्थित वनाउन ‘फ्रेन्ड्सअफ ईञ्जा’ का युवाहरु परिचालित थिए। अनलाईन रजिस्ट्रेसन, अनलाईन पेमेन्ट सिस्टम तथा रियल टाईम रिसिप्टको ब्यबस्थापनका लागि ‘फ्रेन्ड्स अफ ईञ्जा’ को टिसर्ट लगाएका युवाहरु सभाहलमा खटिएका थिए।
कार्यक्रममा कोष संकलनका लागि बरिष्ठ उपाध्यक्ष बिष्णु शितल तथा महासचिब शिब विस्ट, अतिथि सत्कारका लागि निर्देशक बिष्णु शर्मा, लजेस्टिकका लागि कोर्डिनेटर भुपेन्द्र थापा तथा अनलाईन कभरेजका लागि कोषाध्यक्ष सृजन ताम्राकार, निर्देशक उमेश शर्मा (डिसीनेपाल डट कम), संचार निर्देशक बिजय थापा (ईनेपलिन) तथा निर्देशक सुनिल हुमागाई (डिसीनेपाल डट कम) खटिएका थिए।
सो कार्यक्रममा नेपाली पाठशाला सेन्ट्रलभिलका बालबालिकाहरु र आदर्श नेपाली समाज हर्नडनका बालबालिकाहरुको नृत्य प्रस्तुत गरिएको थियो।कार्यक्रमलाईसफल वनाउन जेन ट्राभल्स र वाटरफोर्डले समेत सहयोग पुर्याएका थिए । नेपाली वाल वालिकाहरुले नृत्य समेत प्रस्तुत गरेको कार्यक्रममा इन्जा अध्यक्ष गुणराज लुइटेलले समुदायको सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रमको संचालन संचारकर्मी सुदिप पोखरेल र ईन्जा नेटवर्किंग प्रमुख बर्षा भुजेलले गरेकी थिईन् । नेपालमा रहँदा संचार क्षेत्रसंग आफ्नो ७ बर्षको आबद्दताका बारेमा चर्चा गर्दै संचालक पोखरेलले मिडियाकर्मीहरुसंगको यस भेटले आफुलाई उत्साहित बनाएको भन्दै ईञ्जाले यति छोटो समयमा समुदायबीच पाएको माया र ईन्जा नेटवर्किङ्ग संचालनमा बर्षा भुजेलको लगनशिलताको बर्णन गरेका थिए।
Facebook Comment