मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल पराजित

डिसी नेपाल
३ मंसिर २०७६ ८:४४

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय भलिबल टिम अन्तिम मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

बैंगलोरमा सोमबार नेपाल भारतको राष्ट्रिय टिमसँग ५–० को सोझो सेटमा पराजित भएको हो । साउदर्न साई कभर्डहलमा नेपाललाई भारतले २५–१५, २८–२६, २५–१९, २५–१९ र २५–१९ को सेटमा पराजित गर्यो ।

योसँगै नेपालले भारतसँगको तीन वटै मैत्रीपूर्ण खेलमा हार व्यहोरेको छ । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी गर्न नेपाली टिम भारत गएको हो ।

नेपाली टोलीले भारतमा मैत्रीपूर्ण खेलसँगै विशेष प्रशिक्षण गरिरहेको छ । नेपाली टिम मंगलबार साँझ स्वदेश फर्कने छ । नेपालमा आयोजना हुने १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, जनकपुर र पोखरामा सञ्चालन हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *