अमेरिकाका विश्व किर्तिमानीधारी ठकुरीलाई चौथो र पाँचौं विश्व गिनीज कीर्तिमान प्राप्त

विजय थापा
वाशिंटन। अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका ३ पटक बिश्व किर्तिमान कायम गर्न सफल कराते खेलाडी उज्ज्वल ठकुरीले चौथो र पाँचौ बिश्व गिनीज (रेकर्ड) कीर्तिमान प्राप्त गर्न सफल भएका छन्।
५ औं पटक विश्व कीर्तिमान गरेपछि अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्कीले प्रशंसा पत्रद्वारा कीर्तिमानधारी ठकुरीलाई सम्मान गरेका छन्। राजदूत कार्कीले हामी उनलाई समर्थन गर्छौं र छैटाैं विश्व कीर्तिमानको लागि पनि शुभकामना दिए।
ठकुरीले तीन फरक वर्गका उनले ५ वटा गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन्। गत सेप्टेम्बर २२, २०१९ मेरिल्याण्ड बाल्टिमोरको नेपाली संस्था बानाले आयोजना गरेको सडक महोत्सवमा २०२० नेपाल भ्रमण बर्षलाई प्रवर्द्धन गर्न आयोजना गरिएको कार्यक्रममा उज्ज्वल ठकुरीले गरेको प्रस्तुतिले उनलाई पाँचौ विश्व कीर्तिमान राख्न सफलता मिलेको हो।
ठकुरीले उक्त अभिलेख चार फिट माथि ७१ वटा अण्डा प्लास्टिक झोलामा झुन्ड्याईएको थियो। उक्त सबै अन्डालाई एक मिनेटमा एउटा एउटा गरि उनले फोडेका थिए।
ठकुरीले एक मिनेटमा ६८ वटा अण्डा लात्ती प्रहार गरि फुटाएर बिश्व कीर्तिमान राख्न सफल भएका छन्। त्यो भन्दा अगाडि ठकुरीले ६४ वटा अण्डा फुटाई सकेका थिए तर कारणबस प्रमाण पत्र दिएको थिएन।
यस पटक एकै चोटी दुवै रेकर्डको प्रमाण पत्र प्राप्त गर्न सफल मात्र भएनन ,उनले बिश्व रेकर्ड(अभिलेख)मा रहेको एक मिनेटमा ५३ वटा अण्डा फोडेको पुरानो कीर्तिमानलाई तोडेका छन्।
ठकुरीले पहिलो र दोश्रो विधामा खुट्टा फाडेर (फांग) गरेर ६३.४३ र ६४.६३ केजी उठाएर सन् २०१७ मा दुई पटक कीर्तिमान राख्न मात्र सफल भएनन् २१ पटक वश्व कीर्तिमानधारी भएको रब भ्यानडम नाम भएको प्रख्यात पहलवान (रेस्लर )खेलाडीको किर्तिमान तोडेका थिए।
ठकुरीको तेश्रो कीर्तिमान सन् २०१८ मा ४ फिट माथि ३ मिनेट भित्र २ सय २६ पटक घुँडा प्रहार भारतले राखेको विश्व कीर्तिमान तोडेका थिए। त्यस्तै गरि ठकुरी ले २०१८ मै चौथो बिश्व रेकर्ड १ मिनेटमा ६४ अण्डा फोड्न सफल भएका थिए तर प्रमाण पत्र प्राप्त गरेको थिएन।
ठकुरी निराश भएनन बरु २०१९ त्यो भन्दा राम्रो कीर्तिमान १ मिनेटमा ६८ वटा अण्डा फोडेर दुवै किर्तिमान (रेकर्ड )र प्रमाण पत्र हासिल गरेका छन्।
मार्शल आर्ट खेलमा बिश्व प्रसिद्ध राष्ट्रहरु कोरिया,चीन,जापान जस्ता देशले यो कीर्तिमान राख्न सकेका छैनन् जब कि कराते र मार्शल आर्ट्स (युद्ध कला ) जस्ता निर्माणकर्ता र संस्थापक यि बिकसित देश हुन्।
ठकुरी अमेरिका र नेपाल देशको पहिला नेपाली कराते खेलाडी हुन् जस्ले सन् २०१७ ,२०१८ ,२०१९ मा लगातार ३ वटा छुट्टा छुट्टै विधामा तिन वटा राज्य भर्जिनिया ,मेरिल्याण्ड र ओहायोमा विश्व कीर्तिमान राख्न सफल भएका छन्।
उनले अझै कीर्तिमान राख्नबाट बिश्राम नलिने बताए। उनले अर्को विश्व कीर्तिमानको लागि प्रतिक्षा रहन सबैमा आग्रह समेत गरे। दुइ ह्याट्रिक ( ६ वटा ) बनाउने कुरामा दृढ छन्। अहिले सम्म यो यात्रा सम्म आफूलाई माया गर्ने र प्रोत्साहन गर्ने सबैमा धन्यबाद दिन चाहेको बताएका छन्।
Facebook Comment