रामायणसँग सम्बन्धित यी दश रहस्य, जुन कमैलाई मात्र थाहा छ
काठमाडौं। हिन्दू धर्ममा भगवान श्रीरामलाई मर्यादा पुरुषोत्तम भनिन्छ। रामका विषयमा मुख्य गरी दुई वटा ग्रन्थमा उल्लेख गरिएको छ। पहिलो हो महर्षि वाल्मीकिद्वारा रचित ‘रामायण’ र गोस्वामी तुलसी दासद्वारा रचित ‘श्री रामचरित मानस’।
यी ग्रन्थमा भगवान श्रीराम सँग सम्बन्धित धेरै विषय उल्लेख गरिएको छ। आज हामी तपाइँहरुलाई रामायणमा उल्लेख गरिएका दश रोचक विषयमा जानकारी दिन गइरहेका छौं, जुन विषय धेरै कमलाई मात्र थाहा हुन सक्छ।
१. महर्षि वाल्मीकिको ‘रामायण’ मा २४ हजार श्लोक, ५०० उपखण्ड र सात काण्ड छन्।
२. रामायणका प्रत्येक हजार श्लोकपछि आउने पहिलो अक्षरबाट गायन्त्री मन्त्र बन्छ।
३. तीन भाइ बाहेक श्रीरामका एक दिदी पनि थिइन्। जसको नाम शान्ता थियो। उनी सबैभन्दा जेठी थिइन्। उनकी आमाको नाम कौशल्या हो।
४. रामायणमा रामलाई भगवान विष्णुको अवतार मानिएको छ। लक्ष्मणलाई शेष नागको अवतार मानिन्छ। भरत र शुत्रघ्न भगवान विष्णुको सुदर्शन चक्र र शंख–शैलको अवतार मानिन्छ।
५. रामायणमा रावणको वध गर्न लंका जाँदा भेटिएको समुद्रलाई पार गर्न श्रीरामले एकदाशीको व्रत लिएका थिए।
६. वाल्मीकिद्वारा रचित ‘रामायण’ मा सीता स्वयंवरको वर्णन गरिएको छैन। रामायणका अनुसार राम र लक्ष्मण ऋषि विश्वामित्रसँग मिथिला पुगे। तब विश्वामित्रले नै राजा जनकसँग श्रीरामलाई त्यो धनुष देखाउन भने जो वाण चढाउँदा भाँचियो।
७. उता रामचरित मानसमा भने सीताको स्वयंवरको विषयमा विस्तारमा उल्लेख गरिएको छ।
८. स्वयंवरका क्रममा भगवान शिवको धनुषको प्रयोग गरिएको थियो। जसमाथि सबै राजकुमारले वाण चढाएका थिए। त्यो धनुषको नाम ‘पिनाक’ थियो।
९. वनवास जाँदा श्रीरामको उमेर करिव २७ वर्षको थियो।
१०. राम, सीता र लक्ष्मणले दण्डकारण्य नामको वनमा आफ्नो वनवास बिताएका थिए। त्यो वन करिव ३५ हजार ६०० वर्ग माइलमा फैलिएको थियो।
Facebook Comment