आबु धाबीको चौथो खेल आज, पारस टिममा पर्लान?
एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का रहेको टिम आबु धाबीले युएईमा जारी टी–१० क्रिकेट लिगमा आज चौंथो खेल खेल्दैछ ।
शेख जायद स्टेडियममा आबु धाबीले चौंथो खेलको रुपमा बंगला टाइगर्ससँग खेल्नेछ । खेल राति ९ः४५ मा सुरु हुनेछ ।
बंगलाविरुद्ध मैदान उत्रदा आबु धाबी दोस्रो जितको खोजीमा हुनेछ । अघिल्ला तीन खेलमा १ जित १ हार १ बराबरीसहित ३ अंक जोडेको आबु धाबी समूह बी को तेस्रो स्थानमा रहेको छ ।
क्वालान्डर्सविरुद्धको आबु धाबीको पहिलो खेल टाई भएको थियो । यस्तै दोस्रो खेलमा आबु धाबीले नर्दन वारिवर्सलाई ६ विकेटले हराएको थियो । तर, तेस्रो खेलमा भने मराठा अरेबियन्ससँग २४ रनले पराजित भएको थियो ।
बंगलाविरुद्ध पारस प्लेईङ सेटमा पर्ने सम्भावना रहेको छ । सुरुवाती दुई खेलमा प्लेईङ सेटमा परेका पारस तेस्रो खेलमा भने बेन्चमा रहेका थिए । पारसले दुई खेलमा ब्याटिङ गर्न मात्र पाएका छन् ।
यस्तै समूह ए को बंगला पनि दोस्रो जितको खोजीमा रहेको छ । बंगला ३ खेलमा ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।
Facebook Comment