‘मन्त्रिपरिषद् परिवर्तन प्रधानमन्त्रीको क्षेत्राधिकार’
![‘मन्त्रिपरिषद् परिवर्तन प्रधानमन्त्रीको क्षेत्राधिकार’](https://www.dcnepal.com/wp-content/uploads/2019/08/Pushpa-Kamal-Dahal-06092018082121-1000x0.png)
काठमाडौँ । मन्त्रिपरिषद् परिवर्तनबारे विभिन्न समाचारहरु आइरहेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले भने मन्त्रिपरिषद् परिवर्तन बारे प्रधानमन्त्रीको क्षेत्राधिकार भएको बताएको छ ।
आज सचिवालयले एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित–प्रकाशित अनर्गल र भ्रामक समाचारको घोर भत्र्सना गरेको भनेको छ ।
केही दिनयता मन्त्रिपरिषद् हेरफेरको हल्ला तीव्र बनेपछि दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको भन्ने समाचार बाहिरिएपछि सचिवालयले यस्तो खण्डन गरेको हो ।
अध्यक्ष प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित र प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ । मन्त्री फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ,” सचिवालयले मंगलबार जारी विज्ञप्तिमा प्रष्ट पारेको छ ।
Facebook Comment